अन्तर्राष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर जेठ ७ गते
प्रधानसेनापति अन्तराष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर प्रतियोगिता जेठ पहिलो साता आयोजना हुने भएको छ । सेनाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको प्रतियोगिता जेठ ७ गते मुस्ताङको जोमसोममा आयोजना हुने जनाएको छ ।
साहसिक खेलकुद अन्तर्गत क्लाईम्बिङ, दौड र साइक्लिङ समावेश ट्राई एडभेन्चर प्रतियोगितामा १५ नेपाली र १० विदेशी टिमको सहभागिता रहने नेपाली सेनाका सेनानी तथा रेस डिरेक्टर राजिब चन्दले जानकारी गराए ।
नेपालबाट सहभागी १५ टिम भने छनोट प्रक्रियाबाट सहभागी गराईने छ । एक टोलीमा दुई खेलाडी समावेश हुने प्रतियोगितामा सहभागी सबै टिमका खेलाडीले १ सय मिटरको क्लाईम्बिङ, ४.७५ किमीको दौड र १५.३५ किमी साइक्लिङ गरि कुल २०.२ किमीको दुरी पूरा गर्नु पर्नेछ ।
२७ सय देखि ३२ सयको उचाईमा आयोजना हुने प्रतियोगिताको पुरुषतर्फको विजेताले ३ लाख प्राप्त गर्ने छन् । यस्तै दोस्रोले २ लाख र तेस्रोले १ लाख प्राप्त गर्ने सेनाले जनाएको छ । महिलाको विजेताले १ लाख, उपविजेताले ७५ हजार र तेस्रोले ५० हजार प्राप्त गर्ने छन् । सहभागी सबै टोलीलाई प्रमाणपत्र प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)