नयाँ वर्षमा शाओमीको ‘मिमा डबल मज्जा’ अफर
![नयाँ वर्षमा शाओमीको ‘मिमा डबल मज्जा’ अफर](https://rpcdn.ratopati.com/media/albums/xiaomi_98VsPBbHPO.jpg)
नयाँ वर्ष अवसरमा शाओमीले शाओमी टेलिभिजन खरिदमा आकर्षक अफर ल्याएको छ । यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजन खरिदमा उपभोक्ताहरूले एउटा मि नोटबुक प्रो अथवा ४० इञ्‍चको मिफोरए टेलिभिजन जित्न सक्ने सो कम्पनीले जानकारी दिएको हो । उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर ‘मिमा डबल मज्जा’अफर ल्याएको सो कम्पनीले दाबी गरेको छ ।
यो अफर अन्तर्गत मि टेलिभिजन खरिद गर्ने एक जना विजेताले लक्की-ड्रमार्फत बम्पर उपहारको रूपमा मि नोटबुक प्रो र ६ जना विजेताहरूले साप्ताहिक लक्की-ड्रमार्फत ४० इञ्‍चको मिफोरए टेलिभिजन जित्न सक्ने बताइएको छ ।
मि टेलिभिजनबाट प्ले स्टोरमा भएको ४००० भन्दा बढी एपहरू सपोर्ट गर्छ । स्मार्ट ब्लुटुथ रिमोटबाट च्यानल बदल्न टीभीमै रिमोट पोइन्ट गर्नु नपर्ने र यसमा नेपाली भाषामै युट्युब र नेट फ्लिक्स सर्च गर्ने सुविधा रहेको पनि शाओमीले जानकारी दिएको छ ।
टेलिभिजनमा भएको डाटा सेभर टेक्नोलोजीले मोबाइल डाटाबाटै टीभी हेर्दा पनि अरू टीभीमा भन्दा ४० प्रतिशत बढी डेटा बचत गर्ने यो टेलिभिजन फ्रेम रेट रिडक्सन टेक्नोलोजीयुक्त छ । बजारमा उपलब्ध यसको ३२ देखि ६५ इञ्‍चको जुन टीभी किने पनि समान फिचरहरू भएकोले गर्दा सानो टीभी किने पनि ठूलो टीभीमै जस्तो सम्पूर्ण फिचरहरूको मज्जा लिन सकिने सो कम्पनीको दाबी छ । टेलिभिजनको बजार मूल्य २९ हजार ९०० देखि १ लाख ९ हजार ९९९ रुपैयाँसम्म तोकिएको छ ।
अफर चैत्र १८ गते देखि वैशाख ३१ गते सम्म लागु हुने शाओमीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजा पट्टीबाट दक्षिणी इजराइलमा करिब २० वटा रकेट प्रहार
-
दाङमा ११ महिनामा ९२ जनाको मृत्यु, सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरी सक्रिय
-
घुस रकमसहित इन्जिनियर अख्तियारको नियन्त्रणमा
-
अघिल्लो हारबाट डराएको पोर्चुगललाई क्वार्टरफाइनलमा पुग्न स्लोभानियाको त्रास
-
६० किलो सुन तस्करी प्रकरण : यूएसडीटीसँगै ‘पेवेल’ र ‘सजिलो’मार्फत यसरी हुन्थ्यो भुक्तानी
-
इटहरीमा एमालेका जनप्रतिनिधिको कारण उपभोक्ताले करोडौँ भुक्तानी पाएनन् : मेयर पौडेल