एनएसएलको नयाँ मितिको विषयमा छलफल हुने

नेपाल सुपर लिग (एनएसएल) को नयाँ मितिका विषयमा छलफल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको निर्धारित समयमा हुन नसक्ने भएपछि नयाँ मितिको लागि छलफल हुने भएको हो ।
खेलाडी अनुबन्धको विषयमा ए डिभिजन लिग र एनएसएलबीच विवाद उत्पन्न भएपछि एनएसएलको टाइसिट ड्र रोक्न एन्फाले एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टलाई पत्र पठाएको थियो । त्यसपछि एडिभिजन लिग क्लब र एनएसएलबीच सहमति भएको भन्दै एन्फाले एनएसएल आयोजनाका लागि नयाँ मिति दिएको थियो । एन्फाले एनएसएलका क्लबहरू र ए डिभिजन लिगका क्लबहरुले एक आपसमा खेलाडी विवादको कुरा मिलाउने बताएका थिए ।
विवादले निचोड निसकेपछि एन्फाले चैत २५ गते एनएसएल गर्न स्वीकृत दिएको थियो । एन्फाको स्वीकृतिपछि एनएसएलका १० क्लबहरुले छलफल गर्दै एन्फाले दिएको समयमा लिग गर्न नसक्ने बताएका थिए । १० क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)कै पदाधिकारीहरूबाट एनएसएल गोल्डकपको मान्यतामा हुन्छ भन्नु दुःखद भएको बताउँदै आएका छन् । एन्फाको असहयोग र असन्तुष्ट क्लबको विरोधका कारण निर्धारित समयमा प्रतियोगिता गर्न नसकिने नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्ट कम्पनीले बताएको थियो ।
नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले नयाँ मितिका लागि एन्फासँग छलफल गर्ने बताएका छन् । एनएसएलले हाल कायम रहेको सम्झौता स्वतः नवीकरण हुने र आगामी दिनमा वार्षिक क्यालेन्डरमा राखेर अन्य प्रतियोगितासँग नजुध्ने गरि पर्याप्त तयारीको समय दिएर भाद्र र असोज महिनाका लागि प्रतियोगिता सञ्चालनको समय उपलब्ध गराउन एन्फासँग माग गरेको छ । ‘हामीले नयाँ मितिका बारेमा छलफल गर्ने निर्णय गरेका छौं । एन्फाले छलफलका लागि बोलाउने कुरा छ । एन्फा अध्यक्ष फिफा कांँग्रेसका लागि कतार गएकाले केही समय लागेको हो । त्यसपछि हामीले छलफललाई निरन्तरता दिनेछौँ,’ शर्माले रातोपाटीसँग भने ।
शर्माले आफूहरु एन्फाले तोकेको समयमा एनएसएल गर्न तयार भएको बताएका छन् । उनले एन्फाको वार्षिक क्यालेन्डरमा खाली भएको समय आफूहरुलाई एन्फाले दिएमा एनएसएल गर्न तयार भएको बताएका छन् ।
यता अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले एनएसएल र एन्फाबीच मितिका विषयमा छलफल हुन बाँकी रहेको बताएका छन् ।
‘हामीले दिएको मितिमा प्रतियोगिता गर्न नसक्ने कुरा आएपछि अन्य छलफल भएको छैन् । एनएसएल आयोजनाका लागि नयाँ मितिको माग भएको छ । अध्यक्ष नेपाल आउने वित्तिके यो विषयमा छलफल हुनेछ,’ महासचिव तुलाधरले रातोपाटीसँगको कुराकानीमा भने । एनएसएल चैत २६ गतेबाट हुने मिति तय थियो । एनएसएलले भने प्रतियोगिताको तयारी गर्न समय कम भएको बताएको छ । त्यस्तै गोल्डकपसँग समय जुधाएर एन्फाले एनएसएललाई झनै असहयोग गरेको बताएको छ । एनएसएल आयोजक र सहभागी टिमले समस्या समाधानका लागि ए डिभिजनका क्लब तयार नहुनु र समस्या समाधानका लागि समिति गठन गरेर अघि बढ्न ढिलाई भएका कारण निर्धारित समयमा प्रतियोगितामा सहभागी हुन नसकिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर
-
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा शपथ ग्रहण
-
उड्डयन प्राधिकरण सम्बन्धी संसदमा पेस, सेवा प्रदायक र नियामक फरक बनाइने
-
‘०८४ मा बहुमत पुर्याउँछौँ, अकुत सम्पत्तिमा बेहोस भएकाहरूलाई ब्युँझाउँछौँ’