बेगनास तालमा डुङ्गा चढ्दा अब फोनपेबाटै डिजिटल भुक्तानी
कास्कीको बेगनास तालमा डुङ्‌गा सयर गर्दा अबदेखि डिजिटल वालेट फोनपेबाटै भुक्तानी गर्न सकिने भएको छ । तालमा डुङ्‌गा चलाउने व्यवसायीहरूलाई फोनपेले नगदरहित कारोबार गर्न क्यूआर कोड वितरण गरेको हो । डिजिटल कारोबार निम्ति सिभिल बैंक र फोनपेले सहकार्य गरेका हुन्‌ ।
शुक्रबार आयोजित कार्यक्रममा बेगनास ताल डुङ्‍गा व्यवसायी संघमार्फत बेगनास तालमा डुङ्‍गा चलाउने २२० डुङ्‍गा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरिएको फोनपेले जानकारी दिएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेल, बेगनास ताल डुङ्‍गा व्यवसाय समितिक अध्यक्ष ढकनाथ कँडेल, फेवाताल डुङ्‍गा व्यवसायी समिति अध्यक्ष बुद्धिबहादुर नेपाली, सिभिल बैंकका प्रमुखकार्यकारी अधिकृत सुनिल पोखरेल र फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा लगायत उपस्थित थिए ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले नगदरहित अभियान प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापी रूपमा लैजानुपर्ने बताए । राष्ट्र बैंक पोखरा शाखाका निर्देशक खरेलले नोट छपाइ गर्दा खर्च हुने तथा विदेशिने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरिहार्य रहेको उल्लेख गरे ।
बेगनास तालमा क्यूआर हस्तान्तरणसँगै स्वदेशी तथा विदेशी पर्यटकले मोबाइल बैंकिङमार्फत सहजै डिजिटल भुक्तानी गर्न सक्नेछन् । साथै, भुक्तानी सेवाप्रदायकका मोबाइल एप्स् र वालेटमार्फत समेत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस्तै, वाह्य पर्यटकले पनि भिजामार्फत बेगनास तालमा डिजिटल रूपमा रकम भुक्तानी गर्न सक्ने फोनपेले जानकारी दिएको छ । फोनपेले विदेशी पर्यटकलाई सहज भुक्तानी सेवा दिन केही दिन अघिमात्र भिजासँग सहकार्य गरेको थियो ।
फोनपे पेमेन्ट सर्भिस लिमिटेड लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै, फोनपेमा हालसम्म ६ लाख २० हजार भन्दा बढी मर्चेन्ट रहेका छन् । एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्स् मार्फत फोनपेले सेवा पुर्याइरहेको जनाएको छ । बेगनास तालमा क्यूआर भुक्तानी निम्ति सहकार्य गरेको सिभिल बैंकले पनि देशभर ११५ शाखा, ११ एक्सटेन्सन काउन्टर तथा ९७ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
-
एनपीएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
-
मकवानपुरमा कुटपिटबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु
-
ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
बेलायतबाट अनिश पाण्डेको ‘तिमी छौ र पो म छु’ सार्वजनिक (भिडियोसहित)
-
पीएल सिंहको कन्भिन्सिङ पावर मोडललाई सबैले सिक्नुपर्छ : प्रकाशमान सिंह