दमक गोल्डकपको उपाधि मनाङलाई
शुक्रबार, १८ चैत २०७८, १८ : ४८
मनाङ मर्स्याङ्दी क्लबले दोस्रो संस्करणको दमक गोल्डकप फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा साविकको विजेता नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो ।
प्रस्तावित मदन भण्डारी रंगशालामा मनाङलाई उपाधि दिलाउन आफिज ओलावाले र शिशिर लेखीले एक–एक गोल गरे ।
मनाङ पहिलो संस्करणमा उप–विजेता बनेको थियो । उपाधिसँगै मनाङले १३ लाख ११ हजार नगद प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले ६ लाख ११ हजार पाएको छ ।
धनगढीमा आयोजना भएको खप्तड गोल्डकपको उपाधि जितेको मनाङको लागि यो मोफसलको दोस्रो उपाधि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या