शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सुभाषलाई वेस्टर्न ओपन उपाधि

शुक्रबार, १८ चैत २०७८, १८ : ४३
शुक्रबार, १८ चैत २०७८

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता सुभाष तामाङले सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्टमा व्यावसायिक गल्फर जयराम श्रेष्ठलाई ४ स्ट्रोकले पछि पार्दै सुभाषले पहिलो पटक सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका हुन् ।

हिमालयन गल्फ कोर्स, पोखरामा करिअरको दोस्रो टुरइभेन्ट उपाधि जित्ने क्रममा अन्तिम दिन १ ओभर ६९ स्कोरसहित समग्रमा इभन पार २ सय ४ स्कोर जोडे । यसअघि उनले सन् २०१९ मासुर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए । उनले एमेच्योर र समग्रमा टुरसहित दुई उपाधि उचाले । दोस्रो भएका जयरामले तेस्रो दिन ४ ओभर ७२ स्कोरसहित समग्रमा ४ ओभर २ सय ८ स्कोर बनाए । समग्रमा दोस्रो भएका उनलेव्यावसायिक खेलाडीतर्फ भने पहिलो हुँदै १ लाख ३५ हजार रुपैयाँ हासिल गरे । समग्रमा तेस्रो स्थान हासिल गर्ने क्रममा धनबहादुर थापा, निरज तामाङ र रामे मगरले ७ ओभर २ सय ११ स्कोरसहित जनही ६८ हजार ८ सय ३३ रुपैयाँ पाए ।

स्थानीय एमेच्योर अजित विक समग्रमा छैटौं तथा एमेच्योरमा दोस्रो भए । उनले तेस्रो दिन ३ ओभर ७१ सहित ९ ओभर २ सय १३ स्कोरजोडे । सातौं स्थानका संजय लामाले १० ओभर २ सय १४ स्कोर जोड्दै ४५ हजार पाए । आठौं भएका भुवन नगरकोटी (२१५) ले ४० हजार, नवौं स्थानका दिनेश प्रजापति (२१९) ले ३६ हजार प्राप्त गर्दा एमेच्योर सुरेश तामाङ (२२१) दशौं भए । प्रतियोगिताको कुलपुरस्कार रकम ७ लाख ७५ हजार रुपैयाँ रहँदा शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।

सुभाषले उपाधि जित्ने क्रममा फ्रन्ट नाइनमा २ ओभर ३५ तथा ब्याक नाइनमा १ अन्डर ३४ को प्रदर्शन गरे । पहिलो दिन २ अन्डर ६६ जोडेका उनले पछिल्ला दुवै दिन १ ओभर ६९ स्कोर बनाए । फ्रन्ट नाइनको पहिलो, छैटौं र सातौं होलमा बोगी खेपेका उनले नवौं होलमाबर्डी लेखाए । ब्याक नाइनमा १४ औं र १८ औं होलमा बर्डी खेलेका उनले १६ औं मा भने बोगी खेपेका थिए ।

जयरामले फ्रन्ट नाइनमा ३ ओभर ३६ स्कोर जोडेपछि उपाधिबाट टाढा हुनुपरेको थियो । दोस्रो, तेस्रो र छैटौं होलमा बोगी तथा सातौँमाडबल बोगी खेपेका उनले पाँचौ आठौंमा बर्डी लेखाएका थिए । ब्याक नाइनमा उनले १ ओभर ३६ स्कोर जोडे । प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म चलेको थियो । ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता थियो । इभेन्टको अन्तिम दिन २ अप्रिलशनिबार प्रोएम इभेन्ट हुनेछ । नेपालभरका व्यावसायिक गल्फरले मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप