बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा बिजुलीको तार सर्ट भएर आगलागी

शुक्रबार, १८ चैत २०७८, १८ : २६
शुक्रबार, १८ चैत २०७८

रुपन्देही तिलोत्तमा नगरपालिका २ योगीकुटीमा शुक्रबार बिजुलीको तार सर्ट भएर आगलागी भएको छ । स्थानीय युवराज न्यौपानेको १ तले पक्की घरमा रहेको मेघा श्री कोल्ड स्टोर र मेघा जनरल स्टोरमा आगलागी हुँदा स्टोरमा रहेका किराना सामान, रक्सी तथा अन्य पेय पदार्थ जलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

आगो बुटवल उपमहानगर पालिका र तिलोत्तमा नगरपालिको दमकल र स्थानीयको सहयोगमा नियन्त्रण लिएको हो । प्रहरीले क्षतिको पुर्ण विवरण अझै आउन बाँकी रहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप