कोरोना विरुद्धको खोप अभियान : अझै १८ प्रतिशतले पूर्ण मात्रा लगाउन बाँकी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै १८ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेको बताएको छ । खोप अभियान सुरु भएको १४ महिना वितिसक्दा पनि अझै १८ प्रतिशतले खोप लगाउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १८ वर्ष माथिका ८२.४ प्रतिशत र ९३.५ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
सरकारले चैत्र मसान्तसम्ममा १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप दिइसक्ने लक्ष्य राखेको छ । त्यसमध्ये ४ करोड ६८ लाख १०९ मात्रा खोप लगाइएको मन्त्रालयलको तथ्यांकमा उल्लेख छ । जसमा पहिलोपटक एक मात्रा खोप लगाउनेको संख्या १ करोड ८७ लाख ६८ हजार ८३९ छ । त्यस्तै पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड ९१ लाख १५ हजार ६५७ मन्त्रालयले जनाएको छ ।
नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० छ । जसमध्ये ६५.५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ७५.५ प्रतिशतले एक मात्रा मात्र लगाएका छन् । नेपालमा ११ वर्षदेखि १७ वर्षसम्मका ७३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने सोही उमेर समूहका ९१.० प्रतिशतले एक मात्रा खोप लगाएका छन् । नेपालमा यस उमेर समूहको जनसंख्या ३४ लाख ५ हजार ४५५ रहेको छ ।
कतिले लगाए बुस्टर डोज ?
त्यस्तै २१ लाख ८३ हजार ९१३ जनाले बुस्टर डोज लगाएका छन् । बुस्टर डोजको पूर्ण मात्रा अघिल्लो मात्रा खोप लगाएको ६ महिना पुगेपछि अनिवार्य रुपमा लगाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण