शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

हिमालयन हाइड्रो एक्स्पो हुने

शुक्रबार, १८ चैत २०७८, १८ : १८
शुक्रबार, १८ चैत २०७८

हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करणमा विद्युतीय सवारीसाधनको ¥याली हुने भएको छ । शनिबारबाट शुरु हुने तेस्रो हिमालयन हाइड्रो एक्स्पोमा भृकुटीमण्डपबाट नेपालको पहिलो जलविद्युत केन्द्र फर्पिङसम्म विद्युतीय सवारीसाधनको ¥याली आयोजना हुने भएको हो ।

विशेष गरेर यस एक्स्पोमा विद्युतको बजार खपतमा जोड दिइने स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का कार्यसमिति सदस्य प्रकाश दुलालले बताए । दुई दिनसम्म चल्ने एक्स्पोमा रोबोटिक प्रतियोगितासमेत सञ्चालन हुनेछ । जसले रोबोटको माध्यमबाट जलविद्युतको टनेल खन्ने काम गर्नेछ । उनले रोबोटीक कार्यक्रमले जलविद्युतको टनेल खन्ने कुराको प्रचार समेत हुने बताए ।

कार्यसमिति सदस्य दुलालले एक्स्पोमा ब्लास्टिङ बारुदबाट नगरेर केमिकलको माध्यमबाट ब्लास्टिङ गर्ने प्रविधिको पनि प्रदर्शनी गरिने बताए । सदस्य दुलालले एक्स्पोमा विद्युतीय विषयहरुको बारेमा नीतिगत छलफल गरिने बताए । एक्स्पोको दोस्रो दिन विद्युतीय खाना पकाउने चुलो, र विद्युतीय साधनहरुको बारेमा विस्तृत छलफल गरिने कार्यक्रम रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप