मन्त्री रामकुमारी झाँक्रीबाट उद्घाटन गराउन ठिक्क पारिएको भवन एमाले सांसदले अघिल्लै दिन भ्याए !
धनकुटा नगरपालिका २ स्थित भिरगाउँमा आठ कोठे पक्की स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाद्वारा १ करोड ९७ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन शनिबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गर्ने तय भएको थियो ।
यसका लागि झाँक्री शुक्रबार नै विराटनगर हुँदै धनकुटातिर उक्लेकी छन् । तर, मन्त्री झाँक्री धनकुटा पुग्नुअगावै धनकुटाका एमाले सांसद राजेन्द्र राईले भिरगाउँ पुगेर भवन उद्घाटन गरिभ्याएका छन् ।

धनुकुटाका नेकपा एकीकृतका एक नेताले रातोपाटीसँग भने, ‘मन्त्रीज्यू उद्घाटनका लागि आउँदै हुनुहुन्छ । तर, एमाले सांसद राईले आजै भवन रिवन काटेर भवन उद्घाटन गरेछन् ।’ शहरी विकास अन्तरगत बनेको उक्त स्वास्थ्य चौधरी मन्त्री झाँक्रीबाट उद्घाटन गराउने पार्टीले तयारी गरेको उनले बताए ।
शुक्रबार विराटनगर ओर्लिएकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव समेत रहेकी मन्त्री झाँक्री विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी बनेर धरान हुँदै भेडेटारतिर उक्लिएकी छिन् ।
धनकुटाबाट एकीकृतका कार्यकर्ता मन्त्रीलाई ‘रिसिभ’ गर्न भेडेटार पुगेका छन् । धनकुटामा मन्त्री झाँक्रीले पार्टीको नगरसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

शहरी विकास कार्यालय धनकुटाले मन्त्री झाँक्रीबाट उद्घाटन गर्ने कार्यक्रम तय गरी शिलालेखसमेत तयार पारेको थियो । तर, नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चन्द्रलाल तामाङले नयाँ शिलालेख बनाएर सांसद राईको हातबाट उद्घाटन गराएका हुन् ।
सहरी विकास कार्यालयका प्रमुख रञ्जन दासले रातोपाटीसँग भने, ‘शनिबार मन्त्रीज्यूले स्वास्थ्यचौकी उद्घाटन गर्ने कार्यक्रम छ । शिलालेख बनाएर पठाइसकिएको छ ।’ शुक्रबारै सांसद राईले उद्घाटन गरिसके त भन्ने रातोपाटीको प्रश्नमा दासले भने, 'त्यो हामीलाई जानकारी छैन । मन्त्रीज्यूले उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम हो ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
