शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाका चार दलले बनाए समिति, चुनावमा मिलेर जाने सहमति

शुक्रबार, १८ चैत २०७८, १८ : ११
शुक्रबार, १८ चैत २०७८

गोरखाका सत्तारूढ चार राजनीतिक दलले आगामी स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति गरेका छन् । शुक्रबार बसेको बैठकले यस्तो सहमति गरेको माओवादी केन्द्रका नेता लेखबहादुर थापा मगरले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार नेपाली काँग्रेस जिल्ला सभापति नन्द न्यौपानेको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले एक जिल्लास्तरीय समिती गठन गरेको छ ।  समितिमा कांग्रेस सभापति नन्दप्रसाद न्यौपाने, माओवादी जिल्ला समन्वय समिति अध्यक्ष लेखबहादुर थापामगर, जसपाका यानप्रसाद भट्ट र एकीकृत समाजवादीका यादव बस्नेत रहेका छन् । 

उक्त समितिले २१ गते आ–आफ्नो पार्टीको वस्तुस्थितिको बारेमा संयन्त्रमा प्रतिवेदन पेश गर्ने निर्णय भएको नेता थापा मगरले जानकारी दिए । जिल्लाका राष्ट्रिय दलको मान्यता पाएका पाँच पार्टीमा नेकपा (एमाले) बाहेकका दलहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै उनीहरुबीच पाँच दलीय केन्द्रीय संयन्त्रको निर्णय मान्ने, एक अर्कामा आरोप नगलाउने, मिलेर निर्वाचनमा जाने विषयमा समेत सहमति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप