भारतबाट घटेर आयो पेट्रोलको मूल्य

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । जसअनुसार पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ ।
पछिल्लोपटक अप्रिल १ मा आइओसी पठाएको नयाँ मूल्यअनुसार अन्य इन्धनको मूल्य भने बढेको छ । डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँ, मट्टितेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसाले मूल्य बढेर आएको छ ।
यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको निगमले जनाएको छ । पछिल्लो पटक पेट्रोलको मूल्य केही घटेर आएपनि डिजेल, मट्टितेल तथा हवाई इन्धन र एलपी ग्यासको मूल्य थप बढेर आएकाले निगमको पाक्षिक (१५ दिन) घाटा ५ अर्ब २१ करोड रहने निगमले जनाएको छ ।
यस्तो घाटा पेट्रोलमा प्रतिलिटर २७ रुपैयाँ ७ पैसा, डिजेलमा ३२ रुपैयाँ १७ पैसा, मट्टितेलमा १ रुपैयाँ ९९ पैसा, हवाई इन्धनमा १२ रुपैयाँ ८४ पैसा (आन्तरिक), ६१ रुपैयाँ ७३ पैसा (बाह्य) र एलपी ग्यासमा प्रतिसिलिण्डर ९५३ रुपैयाँ ६६ पैसा घाटा रहेको निगमले जनाएको छ । चालू आर्थिक वर्षको चैत १७ गतेसम्म करिब ३२ अर्ब रुपैयाँले नोक्सान व्यहोरिसकेको समेत निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी