बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व आवश्यक : मुख्यमन्त्री राउत

शुक्रबार, १८ चैत २०७८, १७ : ४७
शुक्रबार, १८ चैत २०७८

मुख्यमन्त्री लालबाबु राउतले नीति निर्माण तहमा अभैm महिलाको प्रतिनिधित्व हुन नसकेको स्वीकारेका छन् । बिहीबार आयोजित एक कार्यक्रममा उनले शिक्षा, आर्थिक र राजनीतिमा महिलाको प्रतिनिधित्व नभएसम्म समस्या ज्यूँकात्यूँ रहन टिप्पणी गरेका हुन् । उनले नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिए ।

पितृसत्तात्मक समाजले गर्दा महिला विभेदमा परेको उनले बताए । मुख्यमन्त्री राउतले भने, ‘छोरालाई घुम्ने, खेल्ने छुट दिएको छ’, उनले अघि थप्दै भने, ‘तर, छोरीलाई दायरामा राखिएको छ । यसले समाजमा अभैm महिला उपर विभेद कायमै रहेको प्रष्टयाउँछ । पुरुष प्रधान चस्माबाट हेर्दा समाजमा समस्या निम्तिएको होे ।’

उनले जलवायु परिवर्तनले सबै क्षेत्र प्रभावित भइरहँदा यसबाट महिला अक्षुण्ण नरहेको दावी गरे । बालुवा, गिट्टी बेचेर मुलुक समृद्ध हुन नसक्ने जिकिर गर्दै यसको निकासी तत्काल रोक्नुपर्ने मुख्यमन्त्री राउतको भनाई छ । उनले बालुवा, गिट्टी निकासीमा सरकारले रोक लगाएपनि मधेश प्रदेशमा बेरोकटोक निकासी भएको बताए ।

सो कार्यक्रममा प्रदेशसभा सदस्य मञ्जु यादवले वैदेशिक रोजगारले समाजमा महिला हिंसा बढेको जिकिर गरिन् । उनले महिलाबाटै महिला पीडित रहेको बताइन् । घरबाटै लैंगिक हिंसाको अन्त्य गर्नुपर्ने धारणा प्रदेशसभा सदस्य यादवले भनिन् ।

त्यस्तै सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले चुनौतीपूर्ण भूमिकामा महिलालाई अगाडि ल्याउनुपर्नेमा जोड दिइन् । महिलालाई सशक्त र बलियो बनाउनको लागि चुनौतीपूर्ण भूमिकामा ल्याउनुपर्ने तर्क उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप