बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हिउँदे सिजनमा हिमाल आरोहण : ५ करोड ६१ लाख राजस्व संकलन

शुक्रबार, १८ चैत २०७८, १७ : ४७
शुक्रबार, १८ चैत २०७८

सन् २०२२ को सुरुवाती तीन महिनामा हिमाल आरोहणबाट मात्रै सरकारले साढे ५ करोड रुपैयाँ माथिको राजस्व संकलन गर्न सफल भएको छ । पर्यटन बोर्डकाअनुसार हिउँदे सिजनका लागि विभिन्न हिमाल आरोहण गर्न अनुमति लिएका १५६ आरोहीबाट कुल ५ करोड ६१ लाख ४४ हजार ५५० रुपैयाँ संकलन भएको हो । यस्तो आम्दानी अमेरिकी डलरमा ४ लाख ६३ हजार २०० अमेरिकी डलर रहेको विभागले जनाएको छ । 

विभागकाअनुसार जनवरी १ देखि मार्च ३१ सम्म विभिन्न समयमा ६ हजार १५० मिटरदेखि ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथाको आरोहणका लागि १५३ जनाले विभागबाट स्वीकृति लिएका छन् । जसमा कुल २२ टोलीमा ३७ जना महिलासहित ११६ जना पुरुष रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप