४५ दिनदेखि आबुधावी जेलमा नेपाली पत्रकार, माइतीघर मण्डलामा प्रदर्शन (भिडियो)
दुबईमा बसेर नेपाली पत्रकारिता गरिरहेका उमाकान्त पाण्डे ४५ दिनदेखि संयुक्त अरब इमिरेट्स (युएई) को आबुधावी जेलमा छन् । साइबर अपराधको उजुरीपछि उनलाई दुबई प्रहरीले गत फागुन ३ गते पक्राउ गरि जेलमा राखेको हो ।
पत्रकार पाण्डेको रिहाइको माग गर्दैै शुक्रबार राजधानीस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । युथ काङ्ग्रेस नेपाल नामक संस्थाले पत्रकार पाण्डेलाई युएई सरकारले विना सर्त रिहाइ गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको हो । उनीहरूले ‘परराष्ट्रको मौनता, राजदूतलाई हौसला, पराइ भूमिमा आफ्नैबाट नागरिक किन असुरक्षित, वाक स्वतन्त्रता हनन, लोकतन्त्रको उपहास’ लगायतका प्लेकार्डसहित विरोध जनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसलाई आधार मानेर युएईको तल्लो अदालतले पत्रकार पाण्डेका नाममा २० हजार दिराम जरिवानासहित देश निकालाको अन्यायपूर्ण कारबाही सुनाएको भन्दै त्यसको पनि विरोध जनाइएको छ ।
पाण्डे पक्राउ हुनुमा नेपाली दूतावास आफैले युएई प्रहरीमा उजुरी गरेको पत्रका आधारमा युएईस्थि नेपाल राजदूत, डिसिएम र पिआरओको संलग्नतामा प्रष्ट देखिएको युथ काङ्ग्रेस नेपालले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘विदेशी भूमिमा रहेका नेपाली नागरिकको सहयोगार्थ खटिएको राजदूतावास स्वयम् आफ्ना नागरिकलाई अनाहकमा पक्राउ गराउन उद्यत हुनु अत्यन्तै निकृष्ट आचरण हो । नेपालमै रहँदा लेखिएको स्ट्याटसलाई आधार मानेर युएई अदालतले नेपाली पत्रकारलाई दिएको सजाय अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता विपरीत हुनका साथै अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो अस्ताक्षेप हो ।’
यससँगै घटनामा संलग्न सबैलाई कानूनी दायरामा ल्याई पत्रकार पाण्डेलाई बिना सर्त रिहाइका लागि पनि माग गरिएको छ । यस बारेमा पीडित पत्रकार पाण्डेका भिनाजु पिताम्बर भुसालले पीडितकी श्रीमती र छोरी समेत युएईमै रहेको रातोपाटीलाई बताए । उनीहरूकोसमेत विचल्ली हुन पुगेकाले भएकाले यस सन्दर्भमा सरकारको तत्काल ध्यानाकर्षण हुनुपर्ने उनको माग छ ।
भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण