प्रधानमन्त्री देउवाको भारत भ्रमण : स्वास्थ्यसम्बन्धी ३ एजेण्डामा सहमति हुने
नेपाल र भारतबीच स्वास्थ्यसम्बन्धी तीन एजेन्डामा छलफल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भ्रमणका क्रममा सहमति हुन लागेको हो । भ्रमणका दौरानमा स्वास्थ्यसँग सम्वन्धित केही विषयमा समझदारी गर्ने गरी छलफल हुने स्वास्थ्यमन्त्री खतिवडाका प्रेस सल्लाहकार शान्तराम विडारीले जानकारी दिए ।
भ्रमणमा स्वास्थ्य मन्त्रालय अन्र्तगतका विषयमा सहमति हुने भएकाले मन्त्री र सचिव सो टोलीमा सहभागी भएको उनले बताए । उनका अनुसार भारतले मन्त्रालयलाई २ सय थान डायलाइसिस मेसिन दिने, तनहुँको दुलेगौंडास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउन सघाउने लगायतका विषयमा समझदारी हुँदैछ ।
साथै नेपाल र भारतका एमडिएमएस विद्यार्थीलाई दुवै देशले मान्यता दिने समझदारीपत्रमा हस्ताक्षर हुने समेत बिडारीले बताए । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाको टोलीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा.रोशन पोखरेल पनि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण