प्रधानमन्त्री देउवाको भारत भ्रमण : स्वास्थ्यसम्बन्धी ३ एजेण्डामा सहमति हुने
नेपाल र भारतबीच स्वास्थ्यसम्बन्धी तीन एजेन्डामा छलफल हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भ्रमणका क्रममा सहमति हुन लागेको हो । भ्रमणका दौरानमा स्वास्थ्यसँग सम्वन्धित केही विषयमा समझदारी गर्ने गरी छलफल हुने स्वास्थ्यमन्त्री खतिवडाका प्रेस सल्लाहकार शान्तराम विडारीले जानकारी दिए ।
भ्रमणमा स्वास्थ्य मन्त्रालय अन्र्तगतका विषयमा सहमति हुने भएकाले मन्त्री र सचिव सो टोलीमा सहभागी भएको उनले बताए । उनका अनुसार भारतले मन्त्रालयलाई २ सय थान डायलाइसिस मेसिन दिने, तनहुँको दुलेगौंडास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउन सघाउने लगायतका विषयमा समझदारी हुँदैछ ।
साथै नेपाल र भारतका एमडिएमएस विद्यार्थीलाई दुवै देशले मान्यता दिने समझदारीपत्रमा हस्ताक्षर हुने समेत बिडारीले बताए । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाको टोलीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा.रोशन पोखरेल पनि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद बलायरको प्रश्न: सुदूरपश्चिम प्रदेशले राजधानी कहिले पाउँछ ?
-
सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार छ : सांसद लामा
-
सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान
-
ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?
-
खेलकुदमन्त्री चौधरीलाई सांसदको प्रश्न : ०४७ सालको संविधान कार्यान्वयन हो कि, संशोधन भइसक्यो ?