शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री किन विदेश जानुभएछ ? आएपछि सोध्नुपर्ला : केपी ओली

शुक्रबार, १८ चैत २०७८, २२ : ०९
शुक्रबार, १८ चैत २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा यतिवेला किन विदेश भ्रमणमा जानुभएछ ? भनेर प्रश्न गरेका छन् । साथै उनले प्रधानमन्त्री आएपछि सोध्ने समेत बताएका छन् ।  शुक्रबार अनेरास्ववियुको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावका बेला प्रधानमन्त्री किन विदेश भ्रमणमा जानुभएछ भनेर प्रश्न गरेका हुन् । 

‘प्रधानमन्त्री जी विदेश जानुभएछ, ठ्याक्कै चुनाव अगाडि किन जानुभएछ ?’, पूर्व प्रधानमन्त्री ओलीले भने, ‘आएपछि सोध्नुपर्ला । यति समय जानुभएन यतिबेलै किन जानुभयो ?’ एमालेले प्रधानमन्त्रीको भारत भ्रमणबारे विपक्षी दलसँग कुनै सल्लाह नगरेको भन्दै असन्तुष्टि समेत जनाइसकेको छ । 

त्यसक्रममा अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपाललाई ऐंजेरुको संज्ञा पनि दिएका छन् ।  उनले विद्यार्थीहरुको मुल संगठन अनेरास्ववियू रहेको भन्दै नेविसंघ खोलेर केही भाइबहिनी बेकारमा बसेको समेत बताए । 
‘नेविसंघ खोलेर किन भाइबहिनी बसेका छन् बेकारमा, अरु त पछि पलाएका चिउला हुन्, यी प्रचण्ड माधव भनेको त ऐंजेरु हुन् ऐंजेरु’, ओलीको भनाइ छ ।  अध्यक्ष ओलीले एमालेलाई पहिला माधव नेपालहरुले हार्ने बानी लगाएको भन्दै आफुले जित्ने एमाले बनाएर युवाहरुलाई हस्तान्तरण गर्ने पनि बताए ।

आफुले पहिला पनि माओवादीको गलत नीतिको विरोध गरेको भन्दै उनले प्रचण्डपथ भनेको के रहेछ ? भन्दै प्रश्न गरे । उनले एमालेले सामाजिक जागरणका रुपमा वैज्ञानिक चेत फैलाउने दावी समेत गरे । उनले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन हराएर जाने भन्दै एमाले क्विन्टलको ढक र पाँच दल ५ किलोको ढक भएको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप