शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सैनिक मञ्च टुँडिखेलमा घोडेजात्राको रौनक, ३० तस्बिरमा हेर्नुहोस्

शुक्रबार, १८ चैत २०७८, १७ : २१
शुक्रबार, १८ चैत २०७८

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा शुक्रबार अपराह्न परम्परागत घोडेजात्रा समारोह गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।  प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा छ । 
समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता गरिएको थियो । यस्तै त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड पनि भएको थियो । 

 उपराष्ट्रपति नन्दकिशोर पुन, कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणलगायत घोडेजात्राको अवलोकनका लागि टुँडिखेल पुगेका थिए ।  परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडेजात्रा समारोहमा घोडाका रोमाञ्चक कला प्रदर्शन गर्दै आएको सैनिक प्रवक्ता नारायण सिल्वालले बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप