मलेसियामाथि पीएनजीको जित, फाइनल पुग्ने सम्भावना कायमै
पपुवा न्युगिनी (पीएनजी) ले त्रिकोणत्मक टी–ट्वान्टी सिरिजमा मलेसियालाई पराजित गरेको छ । शुक्रबार भएको लिगको आफ्नो अन्तिम खेलमा मलेसियालाई ८ विकेटको फराकिलो जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको १९७ रनको लक्ष्य पछ्याएको पीएनजीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर १९९ रन बनायो ।
यो जितसँगै पीएनजीले आफ्नो लगातार ९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलको पराजयलाई तोडेको छ । पीएनजीको जितका लागि टोनी उरा र कप्तान असद भालाले अर्धशतकीय पारी खेले । ३४ बल खेलेका टोनी उराले १० छक्का र २ चौकाको सहयोगमा अविजित ८६ रन बनाए । यस्तै कप्तान असद भालाले ५१ बलमा ८ चौका र १ छक्काको सहयोगमा अविजित ७४ रन बनाए ।
बलिङतर्फ मलेसियाका लागि मुहमद वाफिक र सेज्रुल इद्रुसले एक/एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनायो । मलेसियाका लागि सेइद अजिजले ६४ रनको अर्धशतकीय इनिङ खेले । ३५ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान अहमद फाजीले पनि ६४ रनको अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।
मलेसियाका जुबईदी जुल्किल्फेले ४६ रनको योगदान गरे । बलिङतर्फ पीएनजीका काबुअ मोरेअले सर्वाधिक चार विकेट हात पारे । यस्तै चाड सोपर र रिले हेकुरेले समान एक/एक विकेट लिए । जितसँगै पीएनजीले सिरिजको फाइनल सम्भावना कायम राखेको छ । पीएनजीले ४ खेलमा २ अंक जोडेको छ । यता मलेसियाले समेत ३ खेलमा १ जित हात पारेको छ । घरेलु टोली नेपाल भने ३ खेलमा ३ जित निकाल्दै ६ अंक जोडेर फाइनलमा स्थान बनाइ सकेको छ ।
शनिबार हुने खेलमा मलेसिया नेपालसँग पराजित भए पीएनजी फाइनलमा पुग्नेछ । मलेसियाले जित निकाले मलेसिया उपाधिका लागि भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण