बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एशिया कप ट्राइयाथलन शनिबार

शुक्रबार, १८ चैत २०७८, १७ : ०५
शुक्रबार, १८ चैत २०७८

एशिया ट्राईयाथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप भोली (शनिबार) पोखराको हुने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी भएको नेपाल ट्राईयाथलन संघले जनाएको छ ।
प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजाकिस्तान, भारत, बंगलादेश र नेपाल गरि ७ राष्ट्रका पुरुष तर्फ ४० र महिला तर्फ २३ गरि ६३ खेलाडीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता पोखराको बसुधरा पार्कस्थित फेवा लेकमा संचालन हुने छ ।
प्रतियोगिता ७५० मिट पौडी, २० साईक्लिङ्ग र ५ कि.मि. दौडको दुरीमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । अघिल्लो संस्करणमा उक्त दुरी जापानका माकोतो ओदाकुराले ५४ मिनट ५७ सेकेन्डमा पार गरेका थिए । यस्तै महिला तर्फ भारतकी प्रग्न्या मोहनले १ घन्टा ९ मिनट २३ सेकेन्डमा पुरा गर्दै च्याम्पियन भएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप