बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमान्–श्रीमतीको सम्बन्धमा झगडा किन आवश्यक ?

शुक्रबार, १८ चैत २०७८, १६ : ३४
शुक्रबार, १८ चैत २०७८

हुन त कुनै पनि झगडा राम्रो हुँदैन । कोहीसँग बाझाबाझ भए तनाव हुन्छ, मुड अफ हुन्छ र रिस त अति नै उठ्छ । त्यसमाथि यही झगडा श्रीमान्–श्रीमतीबीच भए दिमागले भन्छ, ‘योभन्दा खराब त के हुनसक्ला ?’ तर सबै झगडा खराब हुँदैनन् । कुनै ठाकठुक राम्रो पनि हुन्छ जसले निकटता बढाउँछ । श्रीमान् श्रीमतीमा कुराकानी वा कुनै मुद्दामा बहस किन चाहिन्छ, यसबारे भारतकी फ्यामिली काउन्सलर पियूष भाटियाले जानकारी दिइरहेकी छिन् ।

के जोडीले एक–अर्काभन्दा भिन्न सोच्नु खराब हो ?

फ्यामिली काउन्सलर पियूषका अनुसार यदि दुई भिन्न व्यक्तिको रुची जति नै किन नमिलोस् दुबैले यो बुझ्नु पर्छ कि भिन्न भिन्न दिमागले कुनै पनि हालतमा एउटै सोच्न सक्दैन । अगाडि भएका व्यक्तिको सोचलाई बुझ्नु र त्यसलाई स्वीकार गर्र्दै अघि बढ्नु सबैभन्दा महत्वपूर्ण कुरा हो ।  

जोसँग तपाईं प्रेम गर्नुहुन्छ, उनीसँग किन झगडा हुन्छ ?

जब हामी कसैसँग निकै गहिरो सम्बन्धमा हुनुहुन्छ तब हाम्रो मनले भन्छ कि चाहे जेसुकै होस् म ती व्यक्तिबाट टाढा हुनेछैन । यसैकारण हामी आफ्नो तर्क, इच्छा, आशा र तनाव ती व्यक्तिको अगाडि राख्ने गर्छौँ । जुन कुरामा पार्टनर अहमत हुँदैनन्, त्यसमा थुप्रै पटक बहस पनि हुन्छ ।

पार्टनरसँग बहस राम्रो हो, के यो कुरा साँचो हो ?

फ्यामिली काउन्सलर पियूषका अनुसार पार्टनर बीच कुनै मुद्दाको विषयमा यदि दुई भिन्न पाटाबारे कुरा हुन्छ, त्यो राम्रो हो । ‘एबल आर्गुअर्स’ को एक रिपोर्ट अनुसार कुनै पनि जोडीबीच भएको सकारात्मक चर्चाले सम्बन्ध राम्रो हुन्छ ।

घट्छ असमझदारीः

जब तपाईं सम्बन्धमा एक–अर्कासँग कुरा गर्नु हुन्छ भने असमझादरीको बोझ लगातार घट्ने गर्छ । मनमा एक अर्काविरुद्ध कुनै शिकायत हुन्छ न नै सम्बन्धमा निस्सासिएको जस्तो महसुस हुँदैन ।

स्ट्रेस कम हुन्छः

धेरैजसो मानिस आफ्नो कुरा सुन्ने कोही पनि नभएका कारण तनावमा हुन्छन् । जब तपाईं पार्टनरसँग कुराकानी गर्नुहुन्छ वा रिस व्यक्त गर्नुहुन्छ, यी सबका बीच तपाईंले आफ्नो मन हल्का बनाइरहनुभएको हुन्छ । यसले मानसिक तनाव कम गर्ने गर्छ ।

मुड राम्रो हुन्छः

कुनै पनि सम्बन्धमा मनको कुरा र असन्तोष पोखेपछि मन हल्का हुन्छ । यसैकारण सम्बन्धमा खासै समस्या हुँदैन । यसको फाइदा यो हो कि सम्बन्धमा सँधै नयाँ सुरुवातका लागि ठाउँ हुन्छ ।

बढ्छ सोच्ने–बुझ्ने दायराः

पार्टनर जब एक–अर्कासँग कुनै मुद्दामा बहस गर्छन् तब यसले उनीहरुको सम्बन्ध कसिलो हुनुका साथै एउटै मुद्दामा विभिन्न प्रकारका पाटो बुझ्ने गर्छन् । यसले कतै न कतै दुबैको सोच्ने बुझ्ने दायरा पनि बढ्ने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप