युुद्ध युक्रेनमा, गरिबी जर्मनीमा
युक्रेनमा भएको युद्धले जर्मन नागरिक गरिब हुने चेतावनी जर्मनीका अर्थमन्त्रीले दिएका छन् । बढ्दो ऊर्जा मूल्य, इन्धनमा भएको मुद्रास्फीतिले युरोपकै ठूलो अर्थतन्त्र मन्दीमा जान सक्ने चेतावनी रोबर्ट हाबेकले दिएका हुन् ।
‘यसको अन्त्य जर्मन समाजमा क्षति नपुु-याइकन हुने सम्भावना छैन । यो असोचनीय हो,’ उनले भने, ‘म विश्वास गर्छु, हामी मूूल्य तिर्नका लागि तयार भएका छौं । यो युक्रेनले भोगेको त्रासदीको तुलनामा सानोमात्रै हो ।’
प्रारम्भिक तथ्याङ्कले मुद्रास्फीति मार्चमा ७.३ प्रतिशत पुुगेको देशको संघीय तथ्याङ्क कार्यालयले जनाएको छ । प्राकृतिक ग्यास र तेलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीति बढाएको हो । यो गत वर्षको तुलनामा झण्डै ४० प्रतिशतले बढेको छ ।
रुसले युक्रेनमा आक्रमण गर्नु केही महिना अगाडि बढ्दो ऊर्जा मूल्य समस्या बनिसकेको थियो । तर युक्रेन युुद्ध र युरोपमा आपूर्तिमा कमी आउने त्रासबीच यसको मूल्य अझै उकालो लागेको छ । यो विशेषगरी जर्मनीका लागि चासोको विषय भएको छ । जर्मनी युरोपमा रुसको सबैभन्दा ठूलो ऊर्जा उपभोक्ता मुलुक हो ।
जर्मन सरकारले बुधबार रुससँगको भुक्तानी विवादको संकेत गरिसकेको थियो । रुसले आफ्ना ‘बैरी’ मुलुकलाई आफ्नो प्राकृतिक ग्यासको भुक्तानी अमेरिकी डलर र युरोको सट्टा रुबलमा गर्न माग गरेको छ ।
‘रुसी ऊर्जामाथिको उच्च निर्भरताले न्यून आर्थिक उत्पादनको जोखिम ल्याउने र उच्च मुद्रास्फीति दरले मन्दी ल्याउन समेत सक्ने छ,’ जर्मन काउन्सिल अफ इकोनोमिक एक्सपर्टले बुुधबार विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
‘जर्मनीले तत्कालै पूर्व सावधानीका लागि सम्भावित सबै उपाय अपनाउनु पर्छ,’ विज्ञप्तिमा उल्लेख छ । काउन्सिलले यो वर्षका लागि जीडीपीको वृद्धि डिसेम्बरमा गरेको ४.६ प्रतिशतबाट १.८ प्रतिशतमा झारेको छ । युरोपको केन्द्रीय बैंकले अमेरिका र बेलायतको विपरीत व्याज दर वृद्धिलाई हालसम्म पनि रोकिराखेको छ । जसले पछिल्ला सातामा मुद्रास्फीति नियन्त्रणमा भूमिका निर्वाह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त