किरात सभ्यता जोड्न खोज्दा नभएको ‘कोशी सभ्यता’ जोड्न खोजियो ः मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण किरात सभ्यतासँग जोडेर राख्न खोजिए पनि बिना तथ्य ‘कोशी सभ्यता’ जोडेर गिजोल्ने खोजेको बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा विराटनगरमा सुरु भएको प्रदेशस्तरीय बृहत वाङ्‍मय सङ्गोष्ठीको उद्घाटनमा उनले यस्तो बताएका हुन् । ‘प्रदेशको नामकरणमा किरात सभ्यता जोड्न खोज्दा कुनै अनुसन्धान बिना तथ्य विना अर्काे सभ्यता खडा गर्दा कतिको न्यायोचित हुन्छ ?’, मुख्यमन्त्री राईले भने, ‘कोशी सभ्यता वास्तवमा भनिँदै आएको हो की साँच्चैको सभ्यता हो ? कोशी सभ्यता हो की होइन प्रश्न उठेको छ ।’
मुख्यमन्त्री राईले मानवको उत्पत्ती हुँदा पानीको आवश्यकता पुरा गर्न मानव वस्ती सुरुवातको चरणमा नदीको छेउछाउ बसोबास गरेपनि पानीले सभ्यताको विकास नगर्ने बताए । ‘सभ्यता मानवले विकास गर्ने हो, पानीले होइन,’ उनले भने, ‘कुनै खोला किनारमा घना मानव वस्ती छैन अहिले । सभ्यता नदी या पानीले बनाउँदैन सभ्यता मानवले बनाउने हो अहिलेसम्म कोशीको आसपासमा मानव बसोबास छैन त्यहाँ कोशी सभ्यता कसरी मान्न सकिन्छ की सकिँदैन ।’
प्रदेशको नामकरणमा किरात सभ्यता जोड्न खोज्दा कुनै अनुसन्धान बिना तथ्य विना अर्काे सभ्यता खडा गर्दा न्यायोचित नहुने भनाइ थियो । राईले संस्कृती भाषा लोप भइरहेको बताउँदै नयाँ पुस्तामा परेको पश्चिमाकरणको प्रभाव, अन्तरजातीय विवाहलगायत अन्य विविध कारणले लोप हुनु आफ्नो ठाउँमा भएपनि राज्यको गल्ती र विभेदको कारणले संस्कृती भाषा र सभ्यता लोप हुनु नहुनेमा जोड दिए ।
प्रदेश सरकारले पनि प्रदेशमा साहित्य र वाङ्मयको क्षेत्रमा काम गर्ने उद्देश्यले प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गराएको जानकारी दिँदै राईले प्रादेशिक प्रज्ञा प्रतिष्ठान गठन गर्ने व्यवस्था उक्त ऐनमा रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’
-
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म