विद्युत् सर्ट हुँदा पसलमा आगलागी, एक करोडको क्षति
शुक्रबार, १८ चैत २०७८, १३ : ४६
सिरहाको धनगढीमाई नगरपालिका–१० धनगढी बजारमा रहेको तीनवटा पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । बिहीबार राति स्थानीय गुञ्जेश्वर साहको कस्मेटिक पसल, विलेक्षण साहको जेनरल स्टोर र अशेश्वर साहको आईरण स्टोरमा आगलागी हुँदा करिब एक करोड मूल्य बरावरको धनमाल जलेर नष्ट भएको हो ।
आगलागीका कारण गुञ्जेश्वर साहको पसलमा रहेको सम्पूर्ण सामान, २ लाख ५० हजार नगद र २ तोलाभन्दा बढि सुनसमेत आगोमा परेको जनाएको छ । विलेक्षण साहको पसलमा रहेको ५० हजार नगद र धेरै सामान जलेर नष्ट भएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । आगो स्थानीय, प्रहरी र गोलबजार, लहान र मिर्चैया नगरपालिकाबाट आएको दमकलले नियन्त्रण लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यदर्शन सहकारी ठगी : पूरक अभियोगपत्र अदालतमा दर्ता, डेढ अर्ब बिगो दाबी
-
सङ्घीयताबारे तर्कहीन टिप्पणी नगर्न सभामुखको आग्रह
-
नेपालमा लगानी गर्न भारतीय उद्यमीलाई परराष्ट्रमन्त्री राणाको आग्रह
-
‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वोच्चको आदेशप्रति माओवादीको आपत्ति
-
निर्णय गरेको १२ वर्षपछि उत्पादनसम्बन्धी नीति कार्यान्वयनको तयारीमा माओवादी
-
बामदेवलाई तेस्रो मर्यादा, चौथोमा बेदुराम