प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा निस्केका हुन् । उनी नेपाल एयरलायन्सको विमानमार्फत भारत भ्रमणमा गएका हुन् ।
प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगायत चार मन्त्री छन् । त्यस्तै विभिन्न मन्त्रालयका सचिवहरु पनि प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका छन् ।
प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा नेपाली सेनाको टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।
प्रधानमन्त्री देउवालाई बिदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायतका अधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनी २ः ५० बजे भारतको चाणक्यपुरीस्थित आइटिसी मौर्य होटलमा बस्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
