शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान

शुक्रबार, १८ चैत २०७८, १३ : १९
शुक्रबार, १८ चैत २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा निस्केका हुन् । उनी नेपाल एयरलायन्सको विमानमार्फत भारत भ्रमणमा गएका हुन् ।

प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगायत चार मन्त्री छन् । त्यस्तै विभिन्न मन्त्रालयका सचिवहरु पनि प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका छन् । 

प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा नेपाली सेनाको टुकडीले सम्मानगारत अर्पण गरेको थियो । 

प्रधानमन्त्री देउवालाई बिदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायतका अधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनी २ः ५० बजे भारतको चाणक्यपुरीस्थित आइटिसी मौर्य होटलमा बस्नेछन् ।   

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप