इजाजत प्राप्त हतियार बुझाउन चितवन प्रशासनको आग्रह
शुक्रबार, १८ चैत २०७८, १२ : ०७
जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेका हुन् ।
यही चैत मसान्तसम्म नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन अनुरोध गरिएको हो । चैत १५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार स्थानीय तहको निर्वाचनपछि फिर्ता हुने गरी हतियार बुझाउन अनुरोध गरेको उनले जानकारी दिए ।
अनुमति प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु