आईपीएल : कोलकातासँग खेल्दै पन्जाब
शुक्रबार, १८ चैत २०७८, ११ : ५१

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज शुक्रबार एक खेल हुँदैछ । आज हुने खेलमा कोलकत्ता नाइट राइडर्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा सहज जित निकालेको पन्जाब आजको खेलमा पनि सहज जितको खोजीमा हुनेछ ।
पन्जाबले पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको थियो । यता लिगको तेस्रो खेल खेल्न लागेको कोलकाता दोस्रो जितको खोजीमा हुनेछ । कोलकाताले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो ।
दोस्रो खेलमा कोलकाता बैंगलोरसँग पराजित भएको थियो । पन्जाब र कोलकाता बीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजे सुरु हुनेछ । कोलकत्ता ३ खेलबाट २ अंक जोडेर पाँचौं स्थानमा छ । पन्जाब १ खेलबाट २ अंक जोडेर तेस्रो स्थानमा छ ।
दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकाताले ३ जित निकालेको छ भने पन्जाबले २ खेल जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु
-
‘गणतन्त्र उल्ट्याउने ज्ञानेन्द्र शाहको प्रयत्न, सरकार परिवर्तनको कुरा सत्तामोह र कुण्ठा मात्र’
-
कपिल शर्मासंग किन क्रुद्ध छन् मुकेश खन्ना ?