५ वर्षमा पनि आफ्नै कार्यालय भवन बनाउन सकेनन् हेटौंडाका यी वडाले
साविकको हेटौंडा नगरपालिकालाई २०७३ सालमा उपमहानगरपालिका बनाइएको भए पनि नगरपालिकाबाट उपमहानगरमा स्तरोन्नति हुँदा थपिएका कतिपय वडाका आफ्नै कार्यालय भवनसमेत बन्न सकेको छैन ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका हरिबहादुर महत हेटौंडा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए । यसबीचमा सहरको विकासका लागि आफूले धेरै काम गरेको उनको दाबी छ । तर, हेटौंडाका १९ वटा वडामध्ये ७ वटा वडाले अझै आफ्नो कार्यालय भवन पाउन सकेका छैनन् ।
१२ वटा वडासँग मात्र आफ्नै भवन
उपमहानगरपालिकाका १९ वटा वडामध्ये १२ वटा वडाले सुविधा सम्पन्न कार्यालय भवन निर्माण कार्य सम्पन्न गरिसकेका छन् । उपमहानगरपालिका वडा नम्बर १, ३, ४, ६, ७, ८, ११, १३, १४, १५, १७ र १८ ले आफ्नै कार्यालय भवन निर्माण गरेका हुन् ।
त्यस्तै हेटौंडाका ३ वटा वडाले आफ्नो कार्यालय भवन निर्माण कार्य जारी राखेका छन् । हेटौंडा १०, १२ र १९ नम्बर वडाका कार्यालय भवन निर्माण भइरहेको छ । उपमहानगरपालिकाका ७ वटा वडाका कार्यालय भाडाका घरमा सञ्चालन भइरहेका छन् । हेटौंडाका केही वडाले साविककै गाविस कार्यालय भवनबाट सेवा सञ्चालन गरिरहेका छन् ।
हेटौंडाको वडा नम्बर २, ५, ९, १०, १२, १६ र १९ को आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएका छन् । घर भाडाबापत हेटौंडा उपमहानगरपालिकाले एउटा वडाको मासिक न्यूनतम २० हजार रुपैयाँ भुक्तानी गर्दै आएको छ ।
उपमहानगरले ७ वटा घर भाडामा लिएर कार्यालय सञ्चालन गरे बापत मासिक न्युनतम १ लाख ४० हजार रुपैयाँ खर्च गर्दै आएको छ ।
उपयुक्त स्थानमा जग्गा नभेटिँदा बनेन ४ वटा वडाका भवन
हेटौंडा उपमहानगरपालिकाले गत वर्ष सबै वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने अभियान सुरु गरेको भए पनि पूरा हुन भने सकेन । उक्त अभियान अनुसार हेटौंडाका केही वडाले कार्यालय भवन निर्माण गरिरहेका छन् ।
केही वडाले उपयुक्त स्थानमा जग्गा नपाउँदा कार्यालय भवन बनाउन सकेका छैनन् । हेटौंडाका २, ५, ९ र १६ नम्वर वडाले कार्यलय भवन निर्माणका लागि उपयुक्त स्थानमा जग्गा पाउन नसकेका हुन् । कार्यालय भवन निर्माणका लागि जनतालाई पायक पर्ने स्थानमा सरकारी जग्गा नपाउँदा ती वडाको भवन निर्माण अन्योलमा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै
-
उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा
-
भारतमा फेरि भेटियो स्टारलिंकको इन्टरनेट डिभाइस
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
कुशलले कप्तानी जिम्मेवारीमा धेरै विकास गरेको छ : शरद भेषावकर