आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

चर्नोबिल परमाणु संयन्त्रलाई रुसी सेनाले युक्रेनलाई सुम्पियो

शुक्रबार, १८ चैत २०७८, ११ : १२
शुक्रबार, १८ चैत २०७८

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले युक्रेनले उनीहरूलाई रुसी सेनाले चेर्नोबिल आणविक प्लान्ट छोडेको बताएको जानकारी दिएको छ । IAEAले रुसको सेनाले चेर्नोबिल परमाणु संयन्त्रको नियन्त्रण युक्रेनका कर्मचारीलाई सुम्पिएको बताएको छ ।

संयन्त्रमा रहेका कर्मचारीले त्यहाँ कोही बाहिरी व्यक्ति नभएको बताएका छन् । यद्यपि, IAEA ले यसको पुष्टि भने गर्न नसकिने बताएको छ ।

रुसको सेनाले युद्धको सुरुवातमा चेर्नोबिल परमाणु संयन्त्रको नियन्त्रण आफ्नो हातमा लिएको थियो ।

यद्यपि, संयन्त्रको सञ्चालनका लागि युक्रेनका कर्मचारी त्यहाँ राखिएको थियो ।

चेर्नोबिल त्यो स्थान हो जहाँ सन् १९८६ मा भयानक परमाणु त्रासदी भएको थियो । यहाँ अब कुनै परमाणु रियाक्टर छैन तर यसको प्रबन्धनको आवश्यकता भने पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप