शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : देशभर ‘हेल्लो जिन्दगी’

शुक्रबार, १८ चैत २०७८, १० : ५३
शुक्रबार, १८ चैत २०७८

फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट फिल्म ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ । फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको हो । यद्यपि, देशभरका चलचित्र घर भने फिल्मले पाएको छैन । अघिल्ला साताहरुमा प्रदर्शनमा आएका बलिउड फिल्म ‘आरआरआर’ लगायत फिल्मले पनि अझै केही चलचित्र घर ओगटेका छन् । 

फिल्म ‘हेल्लो जिन्दगी’ महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्को सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो । फिल्मको निर्देशन एभरेष्ट सुर्य बोरोराले निर्देशन गरेका हुन् ।

युके र नेपालमा खिचिएको फिल्मका निर्माता बिक्रम डि जोशी हुन् । उनलाई निर्माणमा   हिराल जोशी र बिक्रम डि जोशी सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मात्रीमा सबिता गुरुङ रहेकी छन् । 

बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई, एभरेष्ट सूर्य बोहरा, बिक्रान्त बस्नेत, सबिता गुरुङ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त र सनमकुमार बैराग लगायतको अभिनय फिल्ममा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप