अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु, ३८ देशका ८९ फिल्म प्रदर्शन हुने
‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को पाँचौं संस्करण काठमाडौंमा सुरु भएको छ । ‘विश्वभरका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ भन्ने नाराका साथ बिहीबार साँझबाट महोत्सव सुरु भएको हो । महोत्सवको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका थिए । चैत २१ गते (५ दिन) सम्म चल्ने महोत्सवमा फिल्म क्षेत्रलाई चलायमान बनाउन भूमिका खेल्ने मेयर शाक्यले बताए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली फिल्म क्षेत्रलाई सरकारले सहयोग गरिरहेको जनाउँदै राम्रो फिल्म बनाउन फिल्मकर्मीलाई सुझाए । ३८ देशका ८९ फिल्म देखाइने महोत्सवमा पहिलो दिन डकुमेन्ट्री ‘गोरु पर्व’ प्रिमियर गरिएको थियो ।
विश्वसामु नेपाली फिल्मको प्रवद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमा सघाउनु महोत्सवको उद्देश्य रहेको आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले बताए । उनले फेस्टिभलमा विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत हुने जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरूबीच ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार प्रदान गरिनेछ । शुक्रबारबाट पर्यटन बोर्ड प्रेक्षालयमा हुने फेस्टिभलमा भौतिक र अनलाइन दुवै माध्यमबाट फिल्महरु प्रदर्शन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन