बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कफी पिउँदा कम हुन्छन् यस्ता रोगको खतरा ! थाहा पाउनुहोस् कति कप कफी पिउनु फाइदाजनक

शुक्रबार, १८ चैत २०७८, १० : ३९
शुक्रबार, १८ चैत २०७८

धेरै मानिस दिनको सुरुवात १ कप स्ट्रङ कफीबाट गर्न रुचाउँछन् । स्वादिलो र स्वस्थकर कफी पिउँदा शरीर ऊर्जावान् हुन्छ र यसले मुडलाई राम्रो बनाउँछ । हालै भएको अनुसन्धान अनुसार कफी सेवनले केही गम्भीर रोग जस्तै टाइप टु डायबिटिज, फ्याटी लिभर डिजिज र केही क्यान्सरबाट समेत राहत दिन्छ । अनुसन्धानमा बताइए अनुसार यदि कसैले मध्यम मात्रामा कफीको सेवन गर्छन् भने उनीहरुलाई मुटुजन्य रोगको जोखिम पनि कम रहन्छ । तर अत्यधिक कफीको सेवन शरीरका लागि हानीकारक पनि हुनसक्छ । यदि सही मात्रामा यसको सेवन गरिएको खण्डमा शरीरलाई थुप्रै फाइदा भने हुनसक्छ ।

डाइटिसियन हेलेन बन्डका अनुसार उमालिएको कफीमा क्याफेस्टोल र कहवेओल नामक प्राकृतिक तेल हुन्छ जसले कोलेस्ट्रोलको उत्पादन कम गर्छ । तर आजको समयमा धेरैजसो मानिस फिल्टर्ड कफीको सेवन गरिरहेका छन् जसले मानिसलाई कम फाइदा प्रदान गरिरहेको छ । जामा इन्टरनेशनल मेडिसिनमा प्रकाशित भएको अनुसन्धान अनुसार दैनिक कफीको सेवनले मुटुको समस्यालाई ३ प्रतिशतसम्म कम गर्न सकिन्छ । क्याफिनको मात्रा हरेक व्यक्तिमा भिन्न भिन्न हुनसक्छ । कति कप कफी पिउँदा कस्ता फाइदा हुनसक्छन् र कफीको कति मात्रा शरीरका लागि उचित हुन्छ भन्नेबारे जानकारी लिऔँ ।

१ कप कफीः

१ कप कफीमा लगभग १०० एमजी क्याफिन हुन्छ । दैनिक एक कफ कफीको सेवनले अलर्टनेस बढ्छ र बाउल मुभमेन्टमा मद्दत मिल्छ । सन् २०१२ मा जर्नल साइकोफार्मेकोलोजीमा प्रकाशित भएको अनुसन्धान अनुसार जसले १ कप कफी सेवन गर्छन्, उनीहरुलाई कम थकाई लाग्छ र उनीहरु सतर्क रहन्छन् । यसका साथै कफीले डाइजेस्टिभ हर्मोन रिलिज गर्छ जसका कारण पेटको ब्याक्टेरिया सक्रिय हुन्छन् र आन्द्राको स्वास्थ्यमा फाइदा पुग्छ ।

२ कप कफीः

इन्टरनेशनल सोसाइटी अफ स्पोर्ट न्युट्रिशन यूएसका अनुसार जसले दिनमा २ कप कफी पिउँछन् उनीहरुको एक्सरसाइज परफर्मेन्समा निकै सुधार देख्न सकिन्छ । अनुसन्धानमा बताइए अनुसार स्पोर्ट एक्टिभिटी गर्ने जो व्यक्तिले दिनमा २ कप कफीको सेवन गरेका थिए, उनीहरुको एन्ड्युरेन्स र स्पिडमा वृद्धि देखिएको थियो ।

अनुसन्धानमा समावेश मानिसलाई ३ देखि ६ एमजी प्रतिकिलो तौलको हिसाबले क्याफिन दिइएको थियो । यो हिसाबले यदि कसैको तौल ६५ किलो छ र उनलाई ३ मिलिग्राम प्रतिकिलो बडी वेट क्याफिन दिइयो भने उनलाई कुल १९५ एमजी क्याफिन दिइएको थियो जुन २ कप कफी अर्थात् २०० एमजीको बराबर थियो । साथै, दिनमा २ कप वा सोभन्दा बढी कफीको सेवनले हृदयघात हुने सम्भावना ३० प्रतिशतसम्म कम हुन्छ ।

३ कप कफीः

प्रिभेन्टिभ कार्डियोलोजीको युरोपेली जर्नलमा प्रकाशित एक शोध अनुसार यदि कोही व्यक्ति दिनमा ३ कप वा सोभन्दा बढी कफीको सेवन गर्छन् भने उनीहरुलाई स्ट्रोकको सम्भावना २१ प्रतिशतसम्म कम हुने गर्छ । यसबाहेक कार्डियोभास्कुलर डिजिजको खतरा १२ प्रतिशतसम्म र १७ प्रतिशतसम्म मृत्युको खतरा कम हुने गर्छ ।

४ कप कफीः

जसले दैनिक ४ वा सोभन्दा बढी कप कफीको सेवन गर्छन् उनीहरुमा नन–अल्कोहोलिक डिजिजको खतरा १९ प्रतिशतसम्म कम हुने गर्छ । साउथेम्प्टन र एडिनबर्ग विश्वविद्यालयको अनुसन्धान अनुसार दैनिक ३–४ कप कफीको सेवनले कलेजो क्यान्सरको खतरा २१ प्रतिशतसम्म कम हुनेगर्छ ।

५ कप कफीः

स्विडेनमा करोलिन्स्का इन्स्टिच्युटको अनुसन्धान अनुसार जसले दिनमा ५ कप कफीको सेवन गर्छन् उनीहरुमा टाइप टु मधुमेहको खतरा २९ प्रतिशतसम्म कम हुने गर्छ । कफी बिनमा हुने क्याफिक एसिड र क्लोरोजेनिक एसिडले अमाइलाइड पोलिपेप्टाइड जम्मा हुनबाट रोक्नेगर्छ । यसले इन्सुलिनको उत्पादन गर्ने कोसिकालाई नष्ट गर्नसक्छ ।

 ६ कप कफीः

बोस्टन युनिभर्सिटीको अनुसन्धान अनुसार ६ कप कफीको सेवनले अर्थराइटिस रोगको जोखिम कम गर्न सकिन्छ । अनुसन्धानका अनुसार जसले दैनिक ६ कप कफीको सेवन गरेका थिए उनीहरुमा अर्थराइटिसको सम्भावना ५९ प्रतिशत कम र जसले दैनिक ५ कप कफीको सेवन गरेका थिए उनीहरुमा अर्थराइटिसको सम्भावना ४० प्रतिशतसम्म कम थियो ।

अत्यधिक कफी पिउँदा हुनसक्ने हानीः

वेबएमडीका अनुसार क्याफिनयुक्त कफीले अनिद्रा, डर, बेचैनी, पेट खराब हुने, उल्टी हुने, मुटुको धड्कन बढ्ने, सासको गती बढ्नेजस्ता समस्या हुनसक्छन् । यसबाहेक लगातार अत्यधिक कफीको सेवनले टाउको दुख्ने, एंजाइटी, कान कराउने, अनियमित मुटुको धड्कन, टाउको दुख्ने, छाती दुख्नेलयायतका समस्या देखिन सक्छ । क्लिभेलएन्डक्लिनिकका अनुसार सामान्य व्यक्तिले ४ सय मिलिग्राम अर्थात् लगभग ४ कफ कफीभन्दा बढी खानु हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप