मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

पत्रकार न्यौपाने इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित

शुक्रबार, १८ चैत २०७८, १० : २५
शुक्रबार, १८ चैत २०७८

पत्रकार नवराज न्यौपाने कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरेका छन् । रिपोर्टर्स क्लब नेपालकोे २४ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रूपमा बीमापोष्ट डटकमका सम्पादक नवराज न्यौपानेलाई २५ हजार नगद राशि भएको पुरस्कारबाट सम्मानित गरेका हुन् ।

जनपक्षीय पत्रकारितामार्फत योगदान पुर्याएवापत पत्रकार न्यौपानेलाई  रिपोर्टर्स क्लबले स्थापना गरेको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान प्रदान गरिएको क्लबले जनाएको छ । २०५७ सालदेखि सिटी टाइम्स सन्ध्याकालिन दैनिक पत्रिकाबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका न्यौपाने महिमा साप्ताहिक, दृष्टि साप्ताहिक, जनसमाज दैनिक, आर्थिक दैनिकलगायतका पत्रिकामा काम गरिसकेका छन् ।

हाल बीमापोष्ट डटकम अनलाइन कार्यरत न्यौपाने मुलुकमा १० वर्षसम्म चलेको जनयुद्धमा अप्रत्यक्ष रुपमा संलग्न रहेका थिए । २०६२ सालमा चैत्रमा सिन्धुपाल्चोकको ठोकर्पामा तत्कालिन शाही नेपाली सेनाले गरेको हवाई आक्रमणमा बचेर उम्केका पत्रकार हुन् । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर न्यौपाने पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमका संयोजक समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?