कतार विश्वकपको ड्र आज, कुन पोटमा कुन राष्ट्र ?
२२औं संस्करणको कतार विश्वकप २०२२ को अन्तिम ड्र (शुक्रबार) हुँदैछ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाका अनुसार कतारको दोहामा हुने ड्र नेपाली समय अनुसार राति ९ः४५ मा सुरु हुनेछ ।
विश्वकपमा छनोटभएका टिमहरु ८ समूहमा बाँडिनेछन् । फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको छ ।
विश्वकपका लागि हाल २९ राष्ट्र छानिएका छन् । जसमा आयोजकको रुपमा कतारले पोजिसन ए वान बाट पोट १ मा स्थान लिएको छ । कतारसँगै पोट १ मा विश्व वरीयताको शीर्ष सात टोलीहरुसँग सामेल छन् । जसमा ८ देखि १५ औं स्थानको वरीयतामा रहेका टोली पोट २ मा छन् । त्यस्तै १६ देखि २३ औं वरीयतामा रहेका टोलीहरु पोट ३ मा छन् भने पोट ४ मा २४ देखि २८ औं स्थानका वरीयताको टोलीहरु रहेका छन् । यसै पोटमा अन्तरमहादेशीय प्ले–अफका विजेताहरु र यूईएफए प्ले–अफको विजेताहरू सामेल हुनेछन् ।
सामान्यतया २०२२ को विश्वकप समरमा हुने तालिका थियो । कतारमा हुने गर्मिका कारण तालिका पछि सरिएको थियो । नोभेम्बर २१ बाट सुरु हुने विश्वकपको फाइनल खेल डिसेम्बर १८ मा हुनेछ ।
कुन पोटमा कुन टोली ?
पोट १- कतार, ब्राजिल, बेल्जियम, फ्रान्स, अर्जेन्टिना, इङ्ल्यान्ड, स्पेन र पोर्चुगल
पोट २- मेक्सिको, नेदरल्यान्ड्स, डेनमार्क, जर्मनी, उरुग्वे,स्विजरल्यान्ड, अमेरिका र क्रोएसिया
पोट ३- सेनेगल, इरान, जापान, मोरोको, सर्बिया, पोल्यान्ड, कोरिया र टुनिसिया
पोट ४- क्यामरुन, क्यानडा, इक्वेडर, साउदी अरेविया, घाना, अन्तर्राष्ट्रि प्लेअफ १ र २ बाट आएका दुई टोली र यूईएफए प्लेअफको विजेता
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ