काँग्रेस प्रदेश समितिले २१ चैतपछि निर्वाचन परिचालन समिति गठन थाल्ने
नेपाली काँग्रेसका प्रदेश समितिहरूले स्थानीय तह निर्वाचन परिचालन समिति गठन प्रक्रिया थाल्ने भएका छन् । पार्टी केन्द्रीय उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक पूर्णबहादुर खड्का नेतृत्वको समितिले बिहीबार गरेको निर्णयअनुसार प्रदेश समितिहरूले प्रदेशस्तरमा समिति गठन प्रक्रिया थाल्न भएका हुन् ।
प्रदेश १ का सभापति उद्धव थापाले २१ चैतमा प्रदेश समितिको बैठक विराटनगरमा बोलाइएको जानकारी दिए । बैठकपछि समिति गठन गरिने उनले बताए ।
उनका अनुसार त्यसपछि भने प्रदेशस्तरीय पाँच दलीय संयन्त्र बनाइनेछ ।
सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पनि २१ चैतपछि प्रदेश समिति बैठक बस्ने बताए । बैठकले स्थानीय तह निर्वाचन परिचालन समिति गठनसँगै पाँच दलीय संयन्त्र गठनबारे पनि छलफल गर्नेछ ।
लुम्बिनी प्रदेशमा भने समिति गठनमा ढिलाइ हुने सभापति अमर पुनले बताए । मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशले पनि छिट्टै समिति गठन गर्ने भएका छन् ।
समितिले काँग्रेस सम्मिलित पाँच दलीय गठबन्धनलाई विजयी बनाउन निर्वाचनसम्बन्धी गतिविधि गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटलीपछि अष्ट्रेलियाले पनि लगायो डीपसिकमाथि प्रतिबन्ध
-
मूर्ति सेलाउँदा डुबेर बेपत्ता विद्यार्थीको शव १४ घण्टा पछि फेला
-
सीआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव
-
च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने
-
क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
-
अमेरिकाले पठाएका २०५ अवैध भारतीय आप्रवासी बुधबार आइपुग्दै