कमिसन बढाउन दबाब दिँदै व्यवसायीले आजदेखि उठाउन छाडे पेट्रोलियम पदार्थ
शुक्रबार, १८ चैत २०७८, ०८ : ५१

व्यवसायीले शुक्रबार (आज) देखि सबै प्रकारका पेट्रोलियम पदार्थ उठाउन छाडेका छन । सरकारलाई कमिसन बढाउन दबाब दिँदै आजदेखि खाना पकाउने एलपी ग्यास, पेट्रोल र डिजेल उठाउन छाडेका हुन् ।
पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी लागत बढेको भन्दै नेपाल आयल निगमले भाडा नबढाएको उनीहरूको आरोप छ । व्यवसायीले आज देखी पेट्रोलियम पदार्थको आयत र बिक्री बितरण पुर्णरुपमा रोकेको एलपी ग्यास उत्पादक एसोसिएसनका अध्यक्ष कुस मल्लीले रातोपाटीलाई बताए ।
हाल नेपालमा दैनिक १ लाख सिलिन्डर ग्यास खपत हुँदै आएको छ । यसैगरी दैनिक ६ करोड लिटर डिजेल र पेट्रोल खपत हुँदै आएको छ । व्यवसायीले बिक्री वितरण रोकेसँगै देश भरका पेट्रोलपम्पमा लाइन सुरु भइसकेको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत
-
अग्रिम जमानतको व्यवस्था गर्ने कानुन आगामी अधिवेशनमा पेस हुन्छ : मन्त्री चौरसिया
-
सुदूरपश्चिममा स्ववियु निर्वाचनः नेविसंघ पहिलो, अनेरास्ववियु दोस्रो
-
सेयर घट्दा पनि बढ्यो कारोबार, कति मूल्यको किनबेच भयो सेयर ?
-
पानीजहाज विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफावार छलफल
-
चितवनमा ‘दिपल इभी’ को औपचारिक बिक्री सुरु