लुम्बिनीमा एमालेलाई पत्तासाफ गर्छौं : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले आसन्न तीन तहकै चुनावमा लुम्बिनी प्रदेशबाट एमालेलाई पत्तासाफ गर्ने बताएका छन् । बिहीबार रोल्पाको लिवाङ घरेलु तथा उद्योग महासंघ रोल्पाले आयोजना गरेको महोत्सव उद्घाटन गर्दै उनले सत्ता गठबन्धनले एमालेलाई पत्तासाफ गर्न बताएका हुन् ।
उनले सांसद भंग गरेर जनताको मतलाई अपमान गर्ने केपी ओली नेतृत्वको एमालेलाई फेरि जनता समक्ष मत माग्न जाने नैतिक अधिकार नभएको उनको भनाइ छ ।
प्रतिगमनको षड्यन्त्र अबदेखि गर्ने छैन भनेर जनतासँग माफी नमागेसम्म प्रतिपक्ष मै रहेर सजाय भोग्न सुझाव दिए । ओलीले कम्युनिस्टकै आवरणमा कम्युनिस्ट आन्दोलन सखाप पार्न खोजेको उनको आरोप थियो ।
ओलीको प्रतिगामी कदमविरुद्ध जनताको ठूलो तप्का जुर्मुराएकोले लोकतान्त्रिक शक्तिबीच गठबन्धन बनेको उनको भनाइ छ ।
उनले भने, 'यस गठबन्धनको मर्म अनुसार आगामी ५ वर्षका लागि अगाडि बढेका छौंँ, एमालेलाई बढार्ने अभियानमै लाग्नेछौँ, म दल नेता पनि हो, त्यसैले लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहको बैठक बसाल्ने तयारी गरेको छौँ ।”
लुम्बिनी प्रदेशमा एमालेले गैर राजनीतिक भाषण गर्दै अगाडि बढेको केसीले बताए । जनतालाइ भ्रमित पार्ने दिन गइसकेको भन्दै विगतको झै भ्रममा नपर्न पनि जनतालाई उनले आग्रह गरे ।
उनले रोल्पा जिल्लाको विकास र जनताको समृद्धिको सपना माओवादी केन्द्र र वर्तमान सरकारले पूरा गर्ने दावी गरे । उनले रोल्पास्थित जनयुद्ध भ्यूटारको नकारात्मक प्रचार गर्नेहरु केपी ओली जस्तै देशमा परिवर्तन नचाहने तप्का भएको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग आपुर्ति मन्त्री अजय शाहीले प्रत्येक जिल्ला आगामी वर्षमा एक जिल्ला एक नमूना उद्योग निर्माण गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म