सुनचाँदी पसल लुट्न आएकाले सञ्चालकमाथि गरे आक्रमण
सुनचाँदी पसल लुट्न आएको समूहले पसल संचालकमाथि आक्रमण गरी घाइते बनाएको छ । रुपन्देहीको सैनामैना-१, रानवगियामा रहेको बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा हतौडा प्रहार गरी पसलका संचालकलाई घाइते बनाएका हुन् ।
बिहीबार साँझ करिब ६ः३० बजेको समयमा पसल लुट्ने योजना बनाएर आएको २ जनाको समूहले पसल संचालक माथि नै आक्रमण गरेका थिए । संचालक अन्दाजी वर्ष ३५का गणेश हमाल घाइते भएका छन् । उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।
लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटरसाइलकामा आएका अज्ञात समूहले सो पसलबाट गरगहना लुटने दाउमा रहेको खुलेको छ । प्रहरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट एक थान नक्कली पेस्तोल,धारिलो चक्कु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
उपरिक्षक रेग्मीका अनुसार पक्राउ पर्ने कपिलबस्तु जिल्ला कृष्णनगर वडा न।३ बस्ने वर्ष ३८का अब्दुल्ला शाह रहेका छन् । ती लुटेराहरुले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउदै एसपि रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड
-
बाकुमा रहँदा के-के गरे राष्ट्रपतिले ?
-
एकैदिन ८३ जना शिक्षक शिक्षिकालाई दीर्घसेवा सम्मान प्रदान
-
‘मापदण्ड विपरीतका विदेशी सम्बन्धनप्राप्त कलेजमाथि खारेजीसम्मको कारबाही हुन्छ’
-
कारबाहीको माग गर्दै मन्त्री पाण्डेद्वारा सांसद बजगाईंविरूद्ध उजुरी दर्ता
-
ग्राहक संरक्षणमा केन्द्रीय बैंकले विशेष ध्यान दिएको छ : गभर्नर अधिकारी