मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सुनचाँदी पसल लुट्न आएकाले सञ्चालकमाथि गरे आक्रमण

शुक्रबार, १८ चैत २०७८, ०७ : ११
शुक्रबार, १८ चैत २०७८

सुनचाँदी पसल लुट्न आएको समूहले पसल संचालकमाथि आक्रमण गरी घाइते बनाएको छ । रुपन्देहीको सैनामैना-१, रानवगियामा रहेको बाग्लुङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा हतौडा प्रहार गरी पसलका संचालकलाई घाइते बनाएका हुन् । 

बिहीबार साँझ करिब ६ः३० बजेको समयमा पसल लुट्ने योजना बनाएर आएको २ जनाको समूहले पसल संचालक माथि नै आक्रमण गरेका थिए ।  संचालक अन्दाजी वर्ष ३५का गणेश हमाल घाइते भएका छन् । उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटरसाइलकामा आएका अज्ञात समूहले सो पसलबाट गरगहना लुटने दाउमा रहेको खुलेको छ । प्रहरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट एक थान नक्कली पेस्तोल,धारिलो चक्कु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक रविन्द्र रेग्मीले जानकारी दिए । 

उपरिक्षक रेग्मीका अनुसार पक्राउ पर्ने कपिलबस्तु जिल्ला कृष्णनगर वडा न।३ बस्ने वर्ष ३८का अब्दुल्ला शाह रहेका छन् । ती लुटेराहरुले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउदै एसपि रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप