ad
x
भारत भ्रमण

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका

person explore access_timeचैत १७, २०७८ chat_bubble_outline0
file photo

प्रधानमन्त्री शेरबहादुर देउवा भोलि भारत भ्रमणमा जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।  प्रधानमन्त्री देउवा भारतीय समयअनुसार भोलि दिउँसो १ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । 


देउवासँग भारतीय विदेश मन्त्री एस जयशंकरले भारतीय समयअनुसार भोलि दिउँसो ४ बजेर ३० मिनेटमा होटल आइटीसी मौर्यमा भेटवार्ता गर्ने छन् ।  शनिबार देउवाले विहान १० बजेर ४० मिनेटमा महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर पुष्प अर्पण गर्ने कार्यक्रम रहेको छ । 



शनिबार नै ११ बजेर १० मिनेटमा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । र हैदरावाद हाउसमै सवा १२ बजे सम्झौता आदानप्रदान र प्रेस स्टेटमेन्ट जारी हुने कार्यक्रम रहेको छ । 



सोहीदिन अपराह्न साढे ४ बजे मौलाना आजाद रोडमा भारतीय उपराष्ट्रपतिसँग प्रधानमन्त्री देउवाले शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।  आइतबार ९ बजे देउवा वाराणसी पुग्ने छन् भने त्यहाँ कार्यक्रममा सहभागी हुने छन् । वाराणसीको कार्यक्रम सकेर देउवा ४ बजे दिल्ली फर्कने छन् । 



भ्रमण सकेर देउवा ४ बजेर १५ मिनेटमा काठमाडौंका लागि फर्कने कार्यतालिका रहेको छ । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।