चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर सञ्चालन हुने
नेपाल बैंक र भन्सार विभाग बीच काठमाडौंको चोभार सुख्खा बन्दरगाहमा नेपाल बैंकको राजश्व काउन्टर स्थापना गर्नेगरी सम्झौता भएको छ । भन्सार विभागको तर्फबाट महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बिहीबार भन्सार विभागमा आयोजित एक समारोहमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सो सम्झौतापत्रमा भन्सार विभागको आवश्यकताअनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलनको कार्य संचालन गर्ने उल्लेख छ । सो अवसरमा भन्सार विभागका महानिर्देशक भट्टराईले नेपालको पहिलो बैंक सँग राजस्व कारोबारको विषयमा विगत लामो समयदेखि सम्वन्ध र सहकार्य रहेको बताउँदै यस सम्झौताले सहकार्यलाई थप उचाइमा पुर्याएको बिचार राखे ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले अत्याधुनिक र नयाँ उर्जावान कर्मचारीहरूबाट सञ्चालन भएको नेपालको पहिलो बैंक नेपाल बैंकलाई नै चोभार भन्सारको राजस्व संकलनको जिम्मेवारी प्रदान गरेकोमा भन्सार विभागप्रति आभार प्रकट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्गमा पहिरा पन्छाइँदै
-
महिला टी–२० विश्वकप : न्यूजिल्याण्डसँग भारत ५८ रनले पराजित
-
विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?
-
पीडित भन्छन : 'प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ'
-
जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीलाई कारबाही
-
स्पेनिस लालिगा : लेगानेज र भ्यालेन्सियाले अंक बाँडे