शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर सञ्चालन हुने

बिहीबार, १७ चैत २०७८, २२ : ००
बिहीबार, १७ चैत २०७८

नेपाल बैंक र भन्सार विभाग बीच काठमाडौंको चोभार सुख्खा बन्दरगाहमा नेपाल बैंकको राजश्व काउन्टर स्थापना गर्नेगरी सम्झौता भएको छ । भन्सार विभागको तर्फबाट महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बिहीबार भन्सार विभागमा आयोजित एक समारोहमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सो सम्झौतापत्रमा भन्सार विभागको आवश्यकताअनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलनको कार्य संचालन गर्ने उल्लेख छ ।  सो अवसरमा भन्सार विभागका महानिर्देशक भट्टराईले नेपालको पहिलो बैंक सँग राजस्व कारोबारको विषयमा विगत लामो समयदेखि सम्वन्ध र सहकार्य रहेको बताउँदै यस सम्झौताले सहकार्यलाई थप उचाइमा पुर्याएको बिचार राखे । 

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत  कृष्णबहादुर अधिकारीले अत्याधुनिक र नयाँ उर्जावान कर्मचारीहरूबाट सञ्चालन भएको नेपालको पहिलो बैंक नेपाल बैंकलाई नै चोभार भन्सारको राजस्व संकलनको जिम्मेवारी प्रदान गरेकोमा भन्सार विभागप्रति आभार प्रकट गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप