शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पोर्चुगलका नयाँ प्रधानमन्त्रीले लिए सपथ

बिहीबार, १७ चैत २०७८, २० : ०९
बिहीबार, १७ चैत २०७८

पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति मर्केल रिबेल डे साउसाले उनलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।

सपथ ग्रहण समारोहमा राष्ट्रपति साउसाले अहिलेको सरकार विषेश परिस्थितिमा बनेकाले यसले अहिलेको आवश्यकता अनुसारको काम गर्न सफल हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री कोस्टले महत्वकाङ्क्षाका साथ सरकारका कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाए ।   

“हामी के गर्नेछौँ भन्ने कुरा जनतालाई पहिले नै भनेका छौँ, जनताका बीचमा परेको प्रतिवद्धता अनुसारका काम गर्ने छौँ,” उनले भने ।  राजनीतिक संकटबाट मुलुकलाई निकास दिँदै नयाँ चरणमा मुलुकलाई लैजानु पर्ने खाँचो रहेको पनि उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप