चुनावमा गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिने लोसपाको निर्णय
बिहीबार, १७ चैत २०७८, १९ : ५२

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको लोसपाको केन्द्रीय कार्यकारिणी बैठक आज सकिएको हो । बैठकले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्न सक्ने र त्यसको अधिकार पार्टीको स्थानीय तहलाई दिने निर्णय गरेको नेता शरदसिंह भण्डारीले जानकारी दिए ।
'आगामी स्थानीय तहको चुनावमा आवश्यकताको आधारमा गठबन्धन गर्न सक्ने र त्यसको अधिकार स्थानीय तहलाई दिने निर्णय भएको छ' उनले भने । बैठकमा नेताहरुले पार्टीलाई फाइदा पुग्ने गरि चुनावमा तालमेल गर्नु पर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते दसैँमा कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
बंगालको खाडीबाट जलवास्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षाको सम्भावना
-
स्वास्थ्य बीमा अन्तर्गत झापा सबैभन्दा धेरै बीमित भएको जिल्ला
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा आर्सनल विजयी, रियाल मड्रिड ३-० ले स्तब्ध
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र युआन, दिराम, दिनार र रियालको मूल्य ?