सरकारले सार्वजनिक यातायात भाडा १३ प्रतिशतसम्म बढायो, काठमाडौंमा नबढ्ने
सरकारले सार्वजनिक यातायात भाडा ११ देखि १३ प्रतिशतसम्म वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत बढाएको हो । इन्धन मूल्य बढेकाले सार्वजनिक यातायात भाडा बढाउन व्यवसायीले सरकारलाई दबाब दिइरहेका थिए ।
एक प्रदेशबाट अर्को प्रदेशसम्म सवारी भर्ने यातायात भाडामात्रै बढेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागका अनुसार काठमाडौं उपत्यका लगायत प्रदेशभित्रै चल्ने सार्वजनिक सवारीसाधनमा भने यातायात भाडा बढाइएको छैन । विभागले आइतबारमात्रै विभिन्न रुटमा बढेको भाडादर सार्वजनिक गर्ने भएको छ ।
अब उप्रान्त इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढ्ने वा घट्ने भए स्वचालिन प्रणालीबमोजिम नै मूल्य समायोजन गर्ने पनि विभागले जनाएको छ । बढेको भाडा चैत २० गतेदेखि लागू हुनेछ ।
प्रदेश र जिल्लाभित्र चल्ने सवारीसाधनको भाडा भने सम्बन्धित सरकारले नै निर्णय गरेपछि मात्रै बढ्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार यातायात व्यवसायी र सरकारबीच आज भएको छलफलमा भाडा बढाउने सैद्धान्तिक सहमति भएको हो । यातायात व्यवस्था विभागले आइतबारमात्रै बढेको भाडादरबारे सूचना सार्वजनिक गर्ने भएको सिटौलाले बताए ।
यसअघि विभागले असार ३० गते यात्रुवाहक सवारी भाडा २८ प्रतिशतले बढाएको थियो । त्यसपछि प्रदेश सरकार र स्थानीय सरकारहरूले पनि सम्बन्धित क्षेत्रमा लागू हुनेगरी सार्वजनिक यातायात भाडा वृद्धि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी