बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरियो

बिहीबार, १७ चैत २०७८, १९ : १२
बिहीबार, १७ चैत २०७८

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरिएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजना भएको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष गजुरेलले एमसीसी सम्झौता अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरिएको बताएका हुन् ।

एमसीसीको विरुद्धमा आफूहरुले निरन्तर संघर्ष गरेको उल्लेख गर्दै उनले एमसीसी राष्ट्रघाती रहेको कुरा प्रमाणित भइसकेको बताए । अध्यक्ष गजुरेलले  नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपालले आफ्नो नक्सामा समेटेको भएपनि सो जमिन अझै भारतको नियन्त्रणमा रहेको बताए ।

भारतले नेपाली भूमिमा बाटो बनाइरहेकाले नेपालको स्वाभिमान र स्वाधीनतामा आँच आएको उनले बताए । उनले आंशिक रुपमा व्यवस्था बदलिएको भएपनि जनताले अपेक्षा गरे अनुसार पूर्ण रुपमा व्यवस्था नबदलिएको बताए । उनले नेपालका कम्युनिष्ट, क्रान्तिकारीहरु पार्टी एकता गरेर जानुपर्ने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप