सहिद परिवारलाई उपराष्ट्रपति पुनद्वारा राहत र सम्मान

सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने काम अझै बाँकी रहेको र त्यो चाँडै गठन हुने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् ।
उपराष्ट्रपति पुनले सहिदको सपना साकार पार्ने अभियानअन्तर्गत देशले जनताको संविधान पाएको उल्लेख गरे । शहादत प्राप्त गर्ने सबै शहीदको सपना उच्च र निस्स्वार्थ रहेको उनको भनाइ छ । सशस्त्र द्वन्द्वमा मृत्यु भएका र विभिन्न घटनामा मृत्यु भई सरकारले शहीद घोषणा गरेका व्यक्तिका परिवारलाई सम्मान तथा राहत हस्तान्तरण गर्न सर्लाही आएका उपराष्ट्रपति पुनले देशमा आमूल परिवर्तन ल्याउन सहिदले खेलेको भूमिका सदैव अमर रहने र पूरा नभएका सपना साकार पार्न सधैँ लागि रहने बताए ।
मधेश प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय मातहत रहेको मधेसी सहिद प्रतिष्ठानको आयोजनामा सहिदका परिवारलाई राहत प्रदान र सम्मान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सर्लाहीका ६० सहिद परिवारलाई सम्मान गरे ।
मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहका अनुसार सहादत प्राप्त ६० जनाको परिवारलाई उपराष्ट्रपति पुनले जनही एक लाख नगद र कदर पत्रबाट सम्मान गरे । बरहथवा नगरपालिका–२, हजरियास्थित सामुदायिक भवनमा शहीद परिवारलाई सम्मान र राहत वितरण गरिएको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकी, नगर प्रमुख देवानन्द महतोलगायतले आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?