बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सेञ्चुरी बैंकले ल्यायो रिकरिङ्ग निक्षेप बचत खाता

बिहीबार, १७ चैत २०७८, १८ : ३४
बिहीबार, १७ चैत २०७८

सेञ्चुरी कमर्सियल बैंकले नयाँ सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता संचालनमा ल्याएको छ । बैंकले आम सर्वसाधारणलाई बचतमा आकर्षण गर्ने गरी हालैमात्र दुई वटा रिकरिङ्ग मुद्दती खाता र फ्लेक्सी फिक्सड बचत खाता सञ्चालनमा ल्याएको हो ।
यी दुई बचत खाता नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्त गर्ने ग्राहकहरुलाई समेत लक्षित गरी ल्याइएको बैंकले जनाएको छ । 
न्यूनतम एक हजार रुपैयाँमा नै खोल्न सकिने र खातामा क्रमिकरुपमा थप रकम जम्मा गर्न सकिने रिकरिङ्ग मुद्धतीमा खातामा बैंकले आकर्षक ब्याजदर प्रदान गरिर्नेछ । भने सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समयसमयमा प्रकाशित गरेको मुद्धती निक्षेप अनुरुपको ब्याज प्रदान गरिर्ने बैंकले जनाएको छ । सेञ्चुरी बैंकका सम्पूर्ण शाखा मार्फत खाता खोल्न सकिनेछ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप