मिर्गौला प्रत्यारोपणमा नयाँ फड्को, दुर्लभ प्रक्रियाबाट नेपालमै सफल प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भिन्नखाले मिर्गौला प्रत्यारोपण गरेको छ । मिर्गौला प्रत्यारोपण गर्ने क्रममा दाताको मिर्गौलामा मासु पलाएको देखिएपछि उक्त भाग काटेर क्यान्सरको जोखिम हटाइ सुरक्षित रुपमा प्रत्यारोपण गर्न सफल भएको अस्पतालले जनाएको छ ।
सो अस्पतालले जनाएअनुसार हरिराम महरको मिर्गौला फेल भएपछि उनलाई आफ्नै श्रीमती मिना महरले मिर्गौला दिने निधो गरिन् । संयोगवस् दुवैको रक्त समूह ‘ओ पोजेटिभ’ पाइएको र मिर्गौला दाताको विभिन्न जाँच गर्दै जाँदा मिना महराको दाहिने मिर्गौलामा सानो मासु पलाएको देखिएको थियो ।
वरिष्ठ युरोलोजष्टि प्रा. डा. राकेश कुमार बर्माले उक्त मासु क्यान्सर हुन सक्ने जानकारी दिएपछि दम्पती निराश थिए । तर डा. पुकारचन्द्र श्रेष्ठले सोही मिर्गौलाको क्यान्सरको भाग काटेर फाल्न सकिने र बाँकी रहेको मिर्गौलाको भागमा क्यान्सर छ या छैन भन्ने कुरा जाँच गरी प्रविधिका माध्यमबाट नयाँ मिर्गौला जस्तै बनाएर प्रत्यारोपण गर्न सकिने बताएपछि महर दम्पतिले नयाँ जीवन पाएको अस्पतालको भनाइ छ ।
चैत ९ गते गते उनीहरुको मिर्गौला प्रत्यारोपण भएको अस्पतालले जनाएको छ । प्रत्यारोपणको दिन पहिले दाताको शरीरबाट मिर्गौला निकालिएको र त्यसमा भएको क्यान्सर काटेर फलिएको बताइएको छ ।
क्यान्सरबारे डा हरि ढकालले जाँच गरी उक्त मासु क्यान्सर भएको र ‘मार्जिन फ्री’ भएको रिपोर्ट दिनासाथ यता प्रत्यारोपण केन्द्रमा त्यस मिर्गौलालाई मिलाएर पुनः मिर्गौलाको आकार जस्तै बनाएर सोही मिर्गौला ग्रहणकर्ताको शरीरमा राखिएको अस्पतालको भनाइ छ ।
मिर्गौला दाता र ग्रहणकर्ता दुबै पाँचौ दिनमा अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार विश्वमा यस्तो प्रकृयाबाट प्रत्यारोपण हालसम्म ५ वटा भएको विभिन्न अन्तराष्ट्रिय जर्नलमा प्रकाशित भएको छ ।
मिर्गौला प्रत्यारोण फिजिसियन डा कल्पना कुमारी श्रेष्ठले यस खालको मिर्गौला दानबाट प्रत्यारोपण कार्यलाई थप राहत पुग्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धमाधम खिचिँदै नेपाली फिल्म, स्टारकै जगजगी
-
राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा