इम्प्याक्ट अवार्ड्स २०२२ बाट १० प्रभावशाली व्यक्ति, समूह र संस्था सम्मानित
मिडिया नाइनले १० प्रभावशाली नायक, व्यक्ति, टोली र संस्थालाई सम्मान गरेको छ । बिहीबार काठमाडौंमा आयोजित ‘३६० इम्प्याक्ट अवार्ड २०२२’ समारोहमा मिडिया नाइनले १० प्रभावशाली नायक, व्यक्ति, टोली र संस्थालाई सम्मान गरेको हो ।
कोभिड १९ महामारीको चुनौतीलाई न्यूनीकरण गर्न समाधान खोज्ने साहस, दूरदृष्टि र समर्पणलाई इम्प्याक्ट अवार्डले सम्मान गरेको आयोजकले जनाएको छ । सो अवसरमा मिडिया नाइनका सम्पादक चारु चड्डाले कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद दिए । उनले सन् २०२० को शुरुवातदेखि विश्वभर फैलिएको कोभिड–१९ को प्रकोपले मानवतामा कसरी प्रभाव पारे भनि स्मरण गरिन् ।
३६० इम्प्याक्ट अवार्ड २०२२’ मा सम्मानित हुनेमा अझै कति सहने, नेपालका लागि कोभिड एलायन्स, एक एक पायला, इनफ इज इनफ आन्दोलन, हामी नेपाल, इन्दिरा रानामगर, मोइन उद्दीन, राष्ट्रिय आविष्कार केन्द्र नेपाल, नेपाल एम्बुलेन्स सेवा र च्ल्ब् १६ उद्धार र जागरूकता रहेका छन् । सो अवसरमा मिडिया नाइनका निर्देशक सौरभ ज्योतिले साहस, दया र सद्भावका साथ काम गर्ने व्यक्ति, टोली र संस्थालाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा
-
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
-
कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनसँगै सर्वसाधारण लाभान्वित (तस्बिरहरु)
-
वन क्षेत्रको दिगो, वैज्ञानिक र प्रभावकारी ढंगले उपयोगमा जोड
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी